back
NMB ad

ट्रान्क्युलिटी स्पाले गर्यो फिट फेस्टमा हाइकिङ

Kumari bank ad

काठमाडौ । ट्रान्क्युलिटी स्पाले फिट फेस्ट कार्यक्रम सम्पन्न गरेको छ । फिट फेस्ट कार्यक्रम अन्तरगत काठमाडौको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हाइकिङ कार्यक्रम गरिएको थियो । हाइकिङ गर्दा शारीरिक तथा मानसिक रूपमा स्वस्थ्य हुनुको साथै मुडफ्रेस हुने गएको ट्रान्क्युलिटी स्पा क्लबमा आवद्ध २ सय ग्राहक हाइकिङमा सहभागी भएका थिए ।

हाइकिङ कार्यक्रममा सहभागीहरु काठमाडौ पाँच तारे सेल्टी होटलमा परिसरमा रहेको ट्रान्क्युलिटी स्पामा भेला भई बुढानिलकण्ठमा पुगेको थिए । सहभागीले बुढानिलकण्ठको शिवपुरी राष्ट्रिय निकुञ्जबाट बिष्णुद्वारसम्म १२ किलोमिटर हाइकिङ गरेका थिए । हाइकिङको क्रममा ढकमक्क फुलेको लालिगुँरासको मनोरम दृश्यसहित चराचुरुंगीको आवाज सुन्दै सहभागीले मनोरञ्जन लिएका थिए ।

एक दिन भएपनि आफना ग्राहकलाई प्रकृृतिको मज्जा दिनका लागि वार्षिक कार्यक्रम अन्तरत हाइकिङ कार्यक्रम गरिएको ट्रान्क्युलिटी स्पाका अध्यक्ष भुवन फैजुले बताए । राष्ट्रिय निकुञ्जबाट फकिएर बुढानिलकण्ठमा अवस्थित पाँच तारे लेवन ट्री प्रिमियर होटलमा समापन कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा ट्रान्क्युलिटी स्पाका ग्राहकहरु विच विभिन्न प्रतियोगिता र मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको थियो । प्रतियोगितामा विजेताहरुले थाइल्याण्डको बैंकक टुरदेखि पोखरा टुर प्याकेज जितेको थिए ।

वि.सं.२०८० चैत १३ मंगलवार ११:४९ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...