back
NMB ad

आयरल्याण्ड ‘ए’विरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल   

Kumari bank ad

काठमाडौँ, १३ चैतः घरेलु टोली नेपालले ट्वान्टी-२० शृङ्खलाअन्तर्गत आयरल्याण्ड ‘ए’विरुद्धको आज हुने खेलमा ‘टस’ जितेर पहिले ‘ब्याटिङ’ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर कप्तान रोहितकुमार पौडेलले पहिला ब्याटिङ रोजेका हुन् ।

आजको खेल जितेमा नेपालले शृङ्खलामाथि कब्जा गर्नेछ । हिजो भएको यस शृङ्खलाको पहिलो खेलमा नेपालले आयरल्याण्ड ‘ए’लाई छ विकेटले पराजित गरेको थियो ।

आजको खेलमा नेपाली टोलीमा दुई खेलाडीलाई परिवर्तन भएका छन् । विवेक यादव र अनिल शाह टोलीमा समावेश हुँदा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशी बेञ्चमा छन् ।

नेपालको प्लेइङ एघारमा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, अभिनाश बोहरा, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, करण केसी र सोमपाल कामी छन् । बेञ्चमा आकाश चन्द, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र प्रतिश जिसी छन् ।

वि.सं.२०८० चैत १३ मंगलवार १३:२९ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...