back
NMB ad

पूर्वअध्यक्ष खड्कासहित छ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर   

Kumari bank ad

काठमाडौँ, १३ चैत : विशेष अदालत काठमाडौँले रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्कासहित छ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीकरण गर्दा भ्रष्टाचार भएको भन्दै पूर्व अध्यक्ष खड्का सहित २७ जनालाई मुद्दा चलाएकामा छ जना दोषी ठहर भएका र अन्य २१ जनाले सफाइ पाएको विशेष अदालतका उपरजिस्ट्रार एवं प्रवक्ताधनबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पूर्वअध्यक्ष खड्कासहित राजुप्रसाद न्यौपाने, टङकप्रसाद चौलागार्इं, दुर्गाबहादुर तामाङ, नोर्बु लामा तथा पाइक कन्ट्रकसनका सञ्चालक अमृतबहादुर तामाङलाई अदालतले दोषी ठहर गरेको हो । पूर्वअध्यक्ष खड्कालाई रु एक करोड ९९ लाख जरिवाना र छ महिना कैद सजाय सुनाइएको छ ।

यसैगरी न्यौपाने र चौलागाईंको एकमा जनही तीन महिना कैद र रु ६३ लाख जरिवाना तथा तामाङ र लामाको हकमा जनही तीन महिना कैद तथा रु ३१ लाख जरिवाना हुने भएको उपरजिस्ट्रार एवं प्रवक्ता कार्कीले बताउनुभयो ।

वि.सं.२०८० चैत १३ मंगलवार २०:२३ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...