काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधबार एक कम्पनीको मूल्य समायोजन गरेको छ ।
नेप्सेले डिप्रोक्स लघुवित्त वित्तिय संस्थाको १० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ७२५ रुपैंया १८ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार ७९७ रुपैंया ७० पैसाका आधारमा मूल्य समायोजन गरेको छ ।
सोही मूल्यको आधारमा नै बिहीबार सेयरबजारमा कारोबार खुल्नेछ ।
वि.सं.२०८० चैत १४ बुधवार १५:५३ मा प्रकाशित