काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको छ । बिहीबार बजार ४.७८ अंकले बढेर २०३५ को विन्दुमा कायम हुन पुगेको छ ।
उक्त दिन हिमालयन उर्जा विकास कम्पनी र सर्वोत्तम सिमेन्टको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीहरुको सेयर मूल्य क्रमशः १० प्रतिशत र ९.९६ प्रतिशतले बढेको छ ।
त्यसैगरी, हिमालयन हाइड्रोपावरको ८.७३ प्रतिशत, र साम्लिङ पावर कम्पनीको ८.०७ प्रतिशत, पिपुल्स पावर लिमिटेडको ७.४४ प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०८० चैत १५ बिहीवार १५:१२ मा प्रकाशित