काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य समायोजन गरेको छ ।
नेप्सेले मैलुङ खोला जलविद्युत कम्पनीको २.२२११ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ४६१ रुपैंया ७४ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार ४७२ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।
सोही मूल्यको आधारमा नै आइतबार सेयरबजारमा कारोबार खुल्नेछ ।
वि.सं.२०८० चैत १५ बिहीवार १५:५४ मा प्रकाशित