back
NMB ad

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

Kumari bank ad

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको मोटरेबल पुुल अलपत्र बनाउने निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको छ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरबेनी–जोमसोम–कोरला सडक योजनाको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कैकुखोला र लार्जुङखोलाको पुल अलपत्र बनाउने निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो ।

कार्यालयले बुधबार सार्वजनिक सूचना जारी गरेर दुई वटै पुल बनाउने ठेक्का लिएको गणपति निर्माण सेवालाई दुई वर्षका लागि कालोसूचीमा राखेको जनाएको छ । बीस/बीस मिटरको दुरीका दुईवटै पुल निर्माणको लागि विसं २०७५ मा गणपति निर्माण कम्पनीले बेनी–जोमसोम–कोरला सडक आयोजनासँग ठेक्का सम्झौता गरेको थियो । आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंका अनुसार पटक–पटक ताकेता गर्दासमेत सन्तोषजनक काम गर्न नसकेर पुल अलपत्र बनाएपछि गत असोज अन्तिम हप्ता निर्माण कम्पनीसँगको ठेक्का तोडेर कालोसूचीमा राख्न सिफारिस गरिएको थियो ।

जमानत बसेको बैंकमार्फत धरौटी जफत गरिएको छ । सार्वजनिक खरिद ऐनको व्यवस्था अनुसार बाँकी निर्माण कार्यको लागत पनि सोही ठेकेदार कम्पनीमार्फत असुल उपर गरिने भएको छ । पुरानो ठेक्का तोडेर अलपत्र पुललाई पूर्णता दिन नयाँ ठेक्का प्रक्रिया अघि बढाउने आयोजनाको तयारी छ ।

कैकुखोलामा बीस मिटर लामो मोटरेबल पुल बनाउन रु तीन करोड २५ लाख र लार्जुङ खोलाको पुलको रु तीन करोड २९ लाखमा ठेक्का सम्झौता भएको थियो । पचास÷पचास प्रतिशत भौतिक प्रगति भएको दुईवटै पुलको पिल्लर ठड्याउने काम सकिएको छ ।

साँघुरो पुलबाट सवारीसाधन आवतजावत गर्ने लार्जुङ खोलामा तीन वर्षयता पुल निर्माणको कुनै पनि काम नभएको स्थानीयवासीले बताएका छन् । कैकु खोलामा बर्खामा बाढी आउँदा सवारीसाधन आवतजावत प्रभावित हुने गरेको छ । त्यहाँ अस्थायी पुलमा जोखिम मोलेर सवारी साधन वारपार गराइन्छ । गत असार महिनायता पुल निर्माणको काम नगरेका ठेकेदार कम्पनीका सञ्चालक सम्पर्कमा नआएपछि ठेक्का तोडिएको हो ।

पर्वतको मालढुुङ्गादेखि म्याग्दी हँुदै मुुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने २०२ किलोमिटर दुुरीको बेनी–जोमसोम–कोरला सडक योजनामार्फत १३ वटा पक्की पुल र तीन वटा बेलिब्रिज निर्माण सकिएका छन् ।

थप एक वटा मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । सात वटा मोटरेबल पुल निर्माणाधीन छन् । थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको छ । यो सडकलाई गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको छ । सडकले पूर्वाधार, आर्थिक, ब्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...