back
NMB ad

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

Kumari bank ad

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि यहाँका बचतकर्ताले सहकारीमा जम्मा गरेको बचतलाई सुरक्षित गर्न आग्रह गरेका छन् । नेपाली काङ्ग्रेस चितवनको सहकारी विभागले पूर्वी क्षेत्र रत्ननगर र पश्चिमी क्षेत्रको भरतपुरमा आयोजना गरेको सहकारी संस्थासम्बन्धी अन्तरक्रियाका वक्ताले सहकारी पीडितको पीडा सुन्ने निकाय नै मौन बस्दा पीडितका समस्या अझै बल्झिदै गएका बताए ।

पीडित बचतकर्ताले सहकारी कुन दिन बन्द हुन्छ भन्ने चिन्तामा आफूहरु रहेको बताए । उहाँहरुले जिल्लामा नै केन्द्रीय कार्यालय भएर सञ्चालन भएका सहकारी केही हदसम्म जिम्मेवार बनेको भए पनि शाखाका रुपमा स्थापना भएका सहकारीलाई विश्वास गर्न नसक्ने वातावरण बनेको उल्लेख गरे । सहकारी पीडित शालिग्राम दुवाडीले जनताको पैसा एउटा सञ्चालक वा व्यवस्थापकले अपचलन गरेर हिँड्दा जनताको उठीबास भएको बताउनुभयो । एउटै व्यक्ति पटक पटक अध्यक्ष भइरहँदा समस्या आएको उहाँको भनाइ थियो । साहरा सहकारीले मात्रै रु ८५ करोड हिनामिना गरेको दुवाडीले आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, “सहकारी पीडितको समस्या समाधान नभएसम्म जनताले सुःख पाउँदैनन् ।”

यसैगरी, अर्का पीडित तुलसीराम सापकोटाले समाज अहिले सहकारी पीडितको कुरामा केन्द्रित हुन नसकेको बताउनुभयो । सहकारी पीडितका कुराको सुनवाइ नभएको उहाँको गुनासो थियो ।

त्यस्तै सुरेशजङ्ग पाण्डेले शिव शिखर सहकारीमा रु ६८ करोड अपचलन भएको बताउनुभयो । पछिल्लो समय चितवनलगायत देशैभर देखिएका बचत तथा ऋण सहकारी संस्था सम्बन्धी विविध समस्याको समाधान सरकारले तत्काल खोज्र्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा बिकु बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले कार्यपत्र प्रस्तुत गर्दै सञ्चालकको मनपरीका कारण धेरै सहकारीमा समस्या देखिने गरेको बताउनुभयो । सहकारी संस्थाले सहकारीमा सङ्कलन भएकामध्ये ९० प्रतिशत रकम आफ्नो प्रयोजनमा खर्च गर्दा समस्या बढ्दै गएको जानकारी दिुभयो । सहकारीलाई नियमन गर्ने निकाय नै कमजोर हुँदा सञ्चालक र ऋणीले मनपरी गर्ने गरेको उहाँको भनाइ थियो ।

कांग्रेस चितवनका सहकारी विभाग प्रमुख कमला दवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल, बागमती प्रदेशसभा सदस्य बिनु रायमाझी पौडेल, जिल्ला सहकारी सङ्घका अध्यक्ष भक्तिराम अधिकारीलगायतले वर्तमान समयमा सहकारीमा देखिएका समस्या समाधानका लागि सरकारले चासो दिनुपर्ने बताए ।

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...