back
NMB ad

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

Kumari bank ad

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र दक्षजनशक्तिको अभावले झापाका बेकरी उद्योग सङ्कटमा पर्दै गएका छन् ।

लुपिछिपी झापाको सीमावर्ती क्षेत्रबाट पाउरोटी, बिस्कुट, केकलगायत बेकरीजन्य खाद्यवस्तु भित्रिँदा यहाँका उद्योग सङ्कटमा पर्दै गएका जिल्लास्थित बेकरी उद्योग व्यवसायी सङ्घका अध्यक्ष नरबहादुर गिरीले बताउनुभयो । “भारतबाट आयत हुने बेकरी सस्तो हुन्छ, स्वदेशी उत्पादनको गुणस्तर राम्रो भए पनि मूल्यमा प्रतिस्पर्धा गर्न सकिँदैन”, उहाँले भन्नुभयो, “जसले गर्दा उद्योग सञ्चालन गर्न गाह्रो भइरहेको छ ।”

झापा उद्योग सङ्घका अध्यक्ष यमबहादुर श्रेष्ठले कच्चापदार्थ आयातमा बढी भन्सार लगाइँदा स्वदेशी उद्योग सङ्कटमा पर्दै गएका बताउनुभयो । “गहुँ आयात गर्दा ४० प्रतिशत कर लाग्छ, तयारी बिस्कुट आयातमा २५ प्रतिशत कर लाग्छ”, उहाँले भन्नुभयो, “सरकारको नीति निर्यातमुखीभन्दा पनि आयातमुखी जस्तो देखिएको छ ।” सरकारले स्वदेशी उद्योग टिक्नसक्ने र स्वदेशी उत्पादन बिक्नसक्ने वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

जिल्लास्थित नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष ओमकृष्ण विमलीले राज्य सञ्चालनका लागि ठूलो योगदान गरिसकेको उद्योग–व्यवसायको क्षेत्रलाई विशेष प्राथमिकता दिएर सरकारले नीति बनाउनुपर्नेमा जोड दिनुभयो । “विदेशी होइन, स्वदेशी कच्चा पदार्थको प्रयोग गरेर उत्पादन गर्न सकिने उद्योग खोल्नुपर्छ”, उहाँले भन्नुभयो, “सरकारले पनि यसमा सहयोग गर्न आवश्यक छ ।”

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रेमप्रकाश सापकोटाले पछिल्लो समय बजार अनुगमन गरेर भारतीय बेकरीजन्य वस्तु नष्ट गरिएको बताउनुभयो । “अनुगमन गरेपछि केही हदसम्म समस्या समाधान भएको थियो”, उहाँले भन्नुभयो, “पुनःत्यस्तो समस्या देखिएको छ, अनुगमन गर्छौैं ।”

बेकरी उद्योगमा दक्ष कामदार (ओभन मास्टर) को अभाव भएको र भारतीय कामदारको भरमा उद्योग सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उद्योगी–व्यवसायीले गुनासो गर्दै आएका सापकोटाले बताउनुभयो । उहाँले सोको समाधानका लागि कार्यालयले चाँडै ‘ओभन मास्टर’ तालिम सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।

बेकरी उद्योग सङ्घमा ४७ वटा बेकरी उद्योग आबद्ध छन् । ती उद्योगले पाँच हजारदेखि १० हजार जनालाई प्रत्यक्षपरोक्ष रुपमा रोगजारी प्रदान गरिरहेका सङ्घकी सदस्य भीमा शिवाकोटीले जानकारी दिनुभयो । उहाँले निरन्तर कच्चापदार्थको मूल्यवृद्धि भए पनि पुरानै दररेटमा उत्पादित वस्तु बिक्री गरिरहेकाले समस्या भइरहेको बताउनुभयो ।

दक्ष कामदार उपलब्ध हुँदा पनि उनीहरुको मागअनुसारको पारिश्रमिक दिनेसक्ने अवस्था नरहेको उद्योगी बताउँछन् । भारतबाट अवैधरुपमा आयात हुने बेकरीजन्य वस्तुको नियन्त्रण, दक्ष जनशक्ति उत्पादनका लागि तालिम, स्वदेशी उत्पादनलाई प्रोत्साहन हुनेगरी नीति निर्माण गर्नुपर्ने उनीहरुको माग छ ।

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...