back
NMB ad

रिडी पावरको हकप्रद शेयर बाँडफाँड, अवितरित शेयर लिलामी बिक्री गर्ने

Kumari bank ad

काठमाडौं । रिडी पावर कम्पनीले हकप्रद शेयर बाँडफाँड गरेको छ। कम्पनीले माघ २१ गतेसम्म कायम शेयरधनीहरुलाई १ः०.५० अनुपातमा निष्काशन गरेको हकप्रद शेयर बाँडफाँड गरेको हो।

कम्पनीले प्रतिशेयर अंकित मूल्यका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। सोमध्ये ६० हजार ६०२ लगानीकर्ताले कुल ६६ लाख ८ हजार ८४९ कित्ता हकप्रद शेयरका लागि आवेदन दिएका थिए। सोही अनुसार चैत २० गते कम्पनीको सञ्चालक समितिले बाँडफाँड गरेको हो।

हकभन्दा बढी शेयर माग गरी दरखास्त दिएका आवेदकहरुको बाँडफाँडमा नपरेको हकप्रद शेयर बापतको रकम चैत २३ गतेदेखि आईपीएसमार्फत बैंक खातामा रकमान्तर गरिने व्यवस्था मिलाइएको कम्पनीले बताएको छ।

कम्पनीले आवेदन नपरेको ११ लाख ३५ हजार ६५७ कित्ता शेयर चैत २९ गतेदेखि शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। सो शेयर खरिदका लागि इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले वैशाख ९ गतेभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।  यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

वि.सं.२०८० चैत २२ बिहीवार ०६:४९ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...