back
NMB Ad

पिपुल्स पावरले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने, बोलायो साधारण सभा

काठमाडौं । पिपुल्स पावर कम्पनीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । सोही प्रस्तावसहित कम्पनीले छैंठौं र सातौं वार्षिक साधारण सभा वैशाख १७ गते गर्ने निर्णय गरेको हो । सभा लीसारा बैंक्वेट, नक्साल काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।

सभामा कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने मुख्य एजेन्डा पेश गर्नेछ । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ ।

सभामा दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गरी पारित गर्नेछ । सभामा संस्थापक सेयरधनीहरुको तर्फबाट १ जना महिला सहित ५ जना र १ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ । आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत २९ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ चैत २८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् । कम्पनीलाई यसअघि नै ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने विद्युत नियमन आयोगले पनि स्वीकृति दिएको छ । गत फागुन १९ गते बसेको बैठकले १ः०.५ अनुपातमा हकप्रद सेयर जारी गर्नका कम्पनीलाई अनुमति दिएको हो ।

वि.सं.२०८० चैत २२ बिहीवार ११:०६ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
नेपालको बैंकिङ इतिहास र आजको संकट

नेपालको बैंकिङ इतिहास र आजको संकट

वि.सं.२०८१ फागुन २८ बुधवार १५:४१

पृष्ठभूमि सरकारी बैंक स्थापनालाई आधार वर्षको रुपमा हेर्ने हो भने...

छुट्ला है, १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ फागुन २८ बुधवार ०६:३९

काठमाडौं । आज फागुन २८ गते, बुधबार, साल्ट ट्रेडिङ्ग कर्पोरेशन...

युक्रेन र अमेरिकाबीच समझदारी: ३० दिने अस्थायी युद्धविरामको सहमति   

युक्रेन र अमेरिकाबीच समझदारी: ३० दिने अस्थायी युद्धविरामको सहमति   

वि.सं.२०८१ फागुन २८ बुधवार ०६:२५

जेद्दा, साउदी अरब : मङ्गलबार साउदी अरेबियाको जेद्दामा युक्रेन र...

चुरे समितिमा दस वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि कति ?   

चुरे समितिमा दस वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि कति ?   

वि.सं.२०८१ फागुन २८ बुधवार ०६:२१

भीष्मराज ओझा,  काठमाडौँ : राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति...

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर   

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८१ फागुन २८ बुधवार ०६:१२

काठमाडौँ : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

आज २८ फाल्गुण २०८१ बुधवार, कुन राशिको चम्किनेछ भाग्य ?

आज २८ फाल्गुण २०८१ बुधवार, कुन राशिको चम्किनेछ भाग्य ?

वि.सं.२०८१ फागुन २८ बुधवार ०६:०९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...