back
NMB ad

पर्यटन राजधानीमा ‘सावर बञ्जी’  शुभारम्भ 

Kumari bank ad

गण्डकी, २८ चैतः पर्यटन राजधानी पोखरामा नयाँ पर्यटकीय गतिविधिका रुपमा हाइग्राउण्ड एडभेन्चर्स नेपालले आजदेखि सावर बञ्जी शुभारम्भ गरेको छ । पोखरा महानगरपालिका वडा नं २५ हेम्जामा विभिन्न साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिरहेकोमा कम्पनीले सावर बञ्जी पनि सञ्चालनमा ल्याएको संस्थाका निर्देशक तथा प्रमुख सञ्चालक अधिकृत दिनेश महर्जनले जानकारी दिनुुभयो ।

“हाइग्राउण्ड एडभेन्चर्स नेपालले सन् २०१२ देखि पोखरामा साहसिक पर्यटकीय प्रडक्टका रुपमा विभिन्न गतिविधि सञ्चालन सुरु गरेको हो”, उहाँले भन्नुभयो, “सुरुमा जीपलाइनमात्रै सुरु गरिएकोमा त्यसपछि बञ्जी, स्वीङ र एटिभिलगायतका प्रडक्ट थपिएको हो ।” साहसिक पर्यटकीय क्षेत्रमा यी गतिविधिको सञ्चालनले कुनै न कुनै रुपमा योगदान पुु¥याएको उहाँले बताउनुुभयो ।

सावर बञ्जी नेपालको पहिलो र एकमात्र भएको उल्लेख गर्दै निर्देशक महर्जनले यसमा रमाउन चाहने स्वदेशी तथा विदेशी पर्यटकले पानीको फोहरामा फरक अनुभव लिन पाउने बताउनुुभयो ।

उहाँका अनुसार बञ्जीका क्रममा ८२ मिटर माथिबाट हामफालेका पर्यटक तल झरिसकेपछि पानीको फोहरामा रमाउन पाउनेछन् । यसका लागि आन्तरिक तथा बाह्य पाहुनाले प्रतिव्यक्ति रु छ हजार पाँच सय तिर्नुपर्नेछ । यो शुल्कमा भिडियो, फोटो र टिसर्ट पनि निःशुल्क उपलब्ध हुनेछ । एकदिनमा करिब ६० जना पर्यटकलाई सावर बञ्जीको अनुभव दिलाउन सकिने जनाइएको छ ।

हाइग्राउण्ड एडभेन्चर्समा शरद गोल्छा, भरत गोल्छा, अभिनव चुरिवाल र दिनेश महर्जनले संयुक्त लगानी गर्नुभएको छ । सावर बञ्जी सञ्चालन गर्नका लागि मात्र थप करिब रु ५० लाख लगानी गरेको कम्पनीले हालसम्म यहाँ करिब रु ५० करोड गरिसकेको जनाएको छ ।

पर्यटन राजधानी घोषणा भएको पोखरा साहसिक पर्यटनको पनि आकर्षक गन्तव्य रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउनुुहुन्छ । पोखरामा पर्यटकको बसाइ लम्ब्याउनका लागि नयाँ पर्यटकीय गतिविधिका रुपमा सावर बञ्जी विशेष महत्वपूर्ण बन्ने अपेक्षा लिइएको उहाँले बताउनुुभयो ।

शुभारम्भका अवसरमा पर्यटनविज्ञ वासु त्रिपाठी, टान गण्डकी प्रदेशका अध्यक्ष धर्मराज पन्थी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका बरिष्ठ अधिकृत कुन्दन मिश्र, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारी, होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीलगायतले पर्यटन राजधानी घोषित पोखरामा पर्यटकको बसाई लम्ब्याउनका लागि पर्यटकीय गतिविधि बढ्नु जरुरी रहेको धारणा राख्नुभयो । सावर बञ्जी पोखराका पर्यटकीय गतिविधिमा अर्को महत्वपूर्ण उपलब्धि भएको बताउँदै उहाँहरूले व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

वि.सं.२०८० चैत २८ बुधवार १६:४० मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...