back
NMB ad

आठौं भक्तपुर महोत्सव : अहिलेसम्म १ लाख जनाले गरे अवलोकन

Kumari bank ad

भक्तपुर । आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवमा अहिलेसम्म १ लाख भन्दा धेरै दर्शकले अवलोकन गरेको आयोजनकले जानकारी दिएको छ ।

“२८ गते बुधबार साँझ सम्म महोत्सवमा एक लाख जना भन्दा धेरैले अवलोकन गर्नुभएको छ,” आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले भने । सातौं दिनसम्म आइपुग्दा सहभागीता उत्साहजनक रहेको महतको भनाई छ ।

मंगलबार भक्तपुरको प्रसिद्ध बिस्काः जात्रा सुरु भएकाले अबका दिनका महोत्सव अवलोकन गर्ने आउनेहरुको संख्यामा वृद्धि हुने आयोजकहरुको अपेक्षा छ ।

आज २८ गते विहिबार गायीका अस्मिता अधिकारी, गायक कुलेन्द्र विश्वकर्मा, दुर्गेश थापा, श्रीकृष्ण बम मल्लगायतका कलाकारहरुको विशेष प्रस्तुति रहने आयोजक संस्था मध्यपुर ब्वाइज ब्यान्डका सुनिल महर्जनले जानकारी दिएका छन् । ।

“अहिलेसम्म राष्ट्रियस्तरका तीन दर्जन कलाकारहरुले सांगीतिक प्रस्तुती दिइसक्नु भएको छ,” महर्जनले भने । नृत्य प्रतीयोगीता पनि जारी रहेको र बैशाख ३ गते नेपाली भाषी भारतीय गायक विपुल क्षेत्रीको विशेष सांगीतिक कार्यक्रम हुने उनले बताए ।

नयाँ वर्ष र बिस्काः जात्राको अवसर पारेर विगतका वर्षदेखि नै यस्तो महोत्सव आयोजना हुने गरे महोत्सवका आयोजक समितिका संयोजक दीपक थापाले जानकारी दिए ।

“कृषि, पर्यटन, दैनिक जीवनका उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामाग्री लगायतको करिव २ सय स्टल रहनेछ,” थापाले भने । कपडा, भान्सामा प्रयोग गरिने सामाग्री, स्थानीय उत्पादन, खानाका परिकारसहितका स्टल रहेको छ ।

महोत्सवको आकर्षणमा बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यान, रोटेपिङ, ब्रेकडान्स लगायत विभिन्न खेलहरु खेल्न सकिनेछ । ज्येष्ठ नागरिकलाई प्रवेश शुल्क नलाग्ने महोत्सवमा विद्यार्र्थीलाई रु.५० र सर्वसाधरणलाई भने रु.७० को टिकट लाग्ने संयोजक थापाले बताए । महोत्सव सल्लाघारीस्थित तीनकुने चौरमा बैशाख २ गतेसम्म संचालन हुनेछ ।

वि.सं.२०८० चैत २९ बिहीवार १५:०७ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...