back
NMB ad

आज १ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

Kumari bank ad

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रमणीय र सुखद् यात्राको योग छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज स्वास्थ्यमा समस्या आउँदा शरीर भारी र मन अस्थिर रहन सक्छ । मनमा चञ्चलता बढ्नेछ, तर साँझमा शुभ समाचार सुन्नमा आउला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन्, तर यात्रा गर्दा चै दुख पाइन सक्छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । रोमाञ्चक यात्रा पनि होला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त होला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज श्रमदान गर्ने अवसर मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ ।

बृश्चिक

वृश्चिक ९तो, ना, नि, नु, ने, नो, या, यि, यु० आज शुभ समाचार सुन्न पाइएला । कला र गलाको प्रभाव बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज अरूलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । ज्यो.प. नारायणप्रसाद दुलाल

वि.सं.२०८१ वैशाख १ शनिवार ०६:१५ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...