back
NMB Ad

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

क्यानबेरा(अष्ट्रेलिया),६ वैशाख : पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३.८ प्रतिशत पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीबार प्रकाशित गरेको तथ्याङ्क अनुसार रोजगारमा रहेका अष्ट्रेलियालीहरूको संख्या फेब्रुअरी र मार्चको बीचमा छ हजार छ सयले घटेको छ, भने बेरोजगारी दर ३.७ बाट ३.८ प्रतिशतमा पुगेको न्यूज कर्प अर्थशास्त्रीलाई उद्धृत गर्दै अष्ट्रेलियाका अखबारहरूले जनाएका छन्

जनवरी र फेब्रुअरीको बिचमा कार्यरत अस्ट्रेलियालीहरूको सङ्ख्या एक लाख १६ हजार पाँच सयले बढेपछि रोजगारीमा गिरावट आएको हो ।

एबीएसले फेबु्रअरी र मार्चको बिचमा पूर्ण–समय भूमिकामा कार्यरत अस्ट्रेलियालीहरूको सङ्ख्या २७ हजार नौ सयले बढे पनि सोही अवधिमा अंशकालीक रोजगारी ३४ हजार पाँच सयले घटेको बताएको छ ।

जागिर गुमाए पनि अष्ट्रेलियालीहरूले काम गरेको घण्टाको कुल संख्या एक करोड ७० लाख वा फेब्रुअरीको तुलनामा मार्चमा ०.९ प्रतिशत र मार्च २०२३ को तुलनामा १.७ प्रतिशत बढी थियो ।
एबीएसका श्रम तथ्याङ्क प्रमुख ब्योर्न जार्विसले सहभागिता दर पूर्व–महामारीकोस्तर भन्दा धेरै बढी भएको र नोभेम्बर २०२३ मा सेट गरिएको ६७ प्रतिशतको रेकर्ड उच्च रहेको बताउनुभयो ।

सहभागिता दरले काम गर्ने उमेरका जनसंख्याको अनुपात मापन गर्दछ, जसबाट कार्यरत छन् वा सक्रिय रूपमा काम खोज्दै छन् भन्ने थाहा हुन्छ, जुन ६६.७ प्रतिशतबाट केही घटेर ६६.६ प्रतिशतमा झरेको छ ।

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२९ मा प्रकाशित

You can share this post!

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त आवश्यक : अर्थमन्त्री पौडेल

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त आवश्यक : अर्थमन्त्री पौडेल

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १७:१७

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास...

भूकम्पको एकदशकः अझै सकिएन साततले दरबारको पुनःनिर्माण   

भूकम्पको एकदशकः अझै सकिएन साततले दरबारको पुनःनिर्माण   

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १७:१०

रामहरि न्यौपाने त्रिशूली (नुवाकोट) : गोरखा भूकम्पको १० वर्षपछि पनि...

सिंहदरबार गेटबाटै फर्कियो शिक्षक महासंघ, मन्त्रीसँगको वार्ता भाँडियो, यस्तो छ कारण

सिंहदरबार गेटबाटै फर्कियो शिक्षक महासंघ, मन्त्रीसँगको वार्ता भाँडियो, यस्तो छ कारण

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १७:०२

काठमाडौं : शिक्षामन्त्री रघुजी पन्तसँग औपचारिक भेटका लागि सिंहदरबार पुगेको...

स्वास्थ्य बिमाको पैसा नआएपछि भरतपुर अस्पतालले हटायो २४ वटा परीक्षण   

स्वास्थ्य बिमाको पैसा नआएपछि भरतपुर अस्पतालले हटायो २४ वटा परीक्षण   

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १६:५४

चितवन : साउनयता स्वास्थ्य बिमामार्फत पाउनुपर्ने भुक्तानी नपाएपछि यहाँको भरतपुर...

शिक्षकमाथि सरकारको पुनः आग्रह : “विधेयक छलफलमै छ, वार्तामा बसौं”

शिक्षकमाथि सरकारको पुनः आग्रह : “विधेयक छलफलमै छ, वार्तामा बसौं”

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १४:०८

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको आन्दोलनलाई लिएर...

सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण   

सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण   

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १३:५८

काठमाडौँ : नेपाल सरकारलाई भारतबाट प्राप्त सिकलसेल एनिमिया र थालसेमियाको...