back
NMB ad

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

Kumari bank ad

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक उपभोग्य सामग्रीको नयाँ मूल्य निर्धारण गरेको छ । सङ्घले निर्धारण गरेको अधिकांश सामानको रु पाँचदेखि रु ५० सम्म मूल्य घटेको छ भने खसीको मासुको मूल्य रु एक सय बढीले घटेको जनाइएको छ ।

सिमकोट बजारमा दैनिक उपभोग्य हुने सामानको हुम्ला उद्योग वाणिज्य सङ्घले गरेको मूल्य निर्धारण गरेसँगै सम्पूर्ण व्यवसायीलाई मूल्य सूची वितरण गरिएको छ । सङ्घले वितरण गरेअनुसार नै मूल्य कार्यान्वयन गरिएको व्यवसायी बताउँछन् ।

सिमकोट बजारमा थोक व्यवसाय गर्दै आएका व्यवसायीले खुद्रा सामान बिक्री नगर्ने निर्णय गरिएको सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले बताउनुभयो । उहाँका अनुसार मासु जन्यपदार्थको वितरण तथा खुद्रा मूल्यसमेत निर्धारण गरिएको हो । व्यवसायीलाई दैनिक उपभोग्य वस्तुको मूल्य सूची बनाएर वितरण गरिएसँगै एकरुपता आउने विश्वास लिइएको भण्डारीले बताउनुभयो ।

वोइलर कुखुराको मासु, माछा र वँगुरको मासु प्रतिकेजी रु सात सय, अण्डाप्रति गोटा रु ३०, प्रतिक्यारेट रु सात सय ५० र रागाँको मासु प्रतिकेजी रु सात सय ५० निर्धारण गरिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । जिउँदो खसीको प्रतिकेजी रु छ सय ५०, खसीको मासु मिक्स प्रतिकेजी रु एक हजार र खसीको नेट मासुको रु एक हजार एक सय निर्धारण गरिएको छ ।

दैनिक उपभोग्य वस्तुमा धारा तेल तीन सय ७०, सन फलावर तीन सय सय, स्वास्तिक प्रतिलिटर दुई सय ८०, डाल्टा घ्यू दुई सय ८०, चिनी प्रतिकेजी एक सय ७०, चिउरा प्रतिकेजी दुई सय मूल्य तोकिएको छ ।

अन्य उपभोग्य वस्तुमा पनि मूल्य निर्धारण गरिएको भन्दै अधिकांश वस्तुको मुल्य घटेको उहाँले बतायनुभयो । मूल्य सूचीमा कायम भएअनुसार नै व्यापारीले सामग्री विक्रिवितरण गरेमा बजारमा एकरुपता कायम आउने उहाँको भनाइ छ ।

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...