काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ स्थिर रहेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ३९ हजार ३०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य २० रुपैयाँले बढेर १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०८१ वैशाख ९ आइतवार १३:२८ मा प्रकाशित