काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको छ । आइतबार बजार १२.२९ अंकले बढेर १९८४ को विन्दुमा कायम हुन पुगेको छ ।
उक्त दिन सबैभन्दा बढी गुुुुुुुुुुर्खाज फाइनान्सको सेयर सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १० करोड २१ लाख ३७ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सर्वोत्तम सिमेन्टको ७ करोड ८८ लाख २९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन पिपुल्स पावरको ७ करोड १९ लाख २३ हजार रुपैयाँ, रुरु जलविद्युत परियोजनाको ६ करोड ८८ लाख २९ हजार रुपैयाँ र पोखरा फाइनान्सको ६ करोड ६५ लाख ७० हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८१ वैशाख ९ आइतवार १५:०५ मा प्रकाशित