काठमाडौं । हिमालयन बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिृकत(सीईओ)मा अशोक शमशेर राणा पुनःनियुक्त भएका छन् । बैंकको गत चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले राणालाई सीईओमा पुनःनियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई वैशाख ९ गतेदेखि लागू हुनेगरि आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरिएको बैंकले जनाएको छ । राणा हिमालयन बैंकमा विगत १२ वर्षदेखी बैंकको सिईओको रुपमा कार्यरत छन् ।
वि.सं.२०८१ वैशाख १० सोमवार १०:२८ मा प्रकाशित