काठमाडौं । सरकारले भोलि वैशाख ११ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रीपरिषद्को बैठकले कतारका राजा अमिरले नेपालको राजकीय भ्रमण गर्न लागेको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
तसर्थ, सो दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब बजार बुधबार बिहान ११ बजे खुल्नेछ ।
कतारका अमिर तमिम बिन हमाद अल थानी २ दिने नेपाल भ्रमणका सिलसिलमा भोली मंगलबार काठमाडौं उत्रिँदै छन् ।
वि.सं.२०८१ वैशाख १० सोमवार १३:०५ मा प्रकाशित