काठमाडौं । सरकारले आज वैशाख ११ गते सार्वजनिक विदा दिएको छ । सोमबार बिहान बसेको मन्त्रीपरिषद्को बैठकले कतारका राजा अमिरले नेपालको राजकीय भ्रमण गर्न लागेको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
उक्त दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।
कतारका अमिर तमिम बिन हमाद अल थानी २ दिने नेपाल भ्रमणका सिलसिलमा आज मंगलबार काठमाडौं उत्रिँदै छन् ।
वि.सं.२०८१ वैशाख ११ मंगलवार ०६:४० मा प्रकाशित