
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख १२ गते बुधबार बस्दैछ । सभा होटल भिलासा, भैरहवा रुपेन्देहीमा बिहान १० बजे सुरु हुनेछ ।
सभाले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव भएको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।कम्पनीद्वारा प्रस्तावित लाभांश उक्त सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी चैत ३० गते बुक क्लोज गरिसकेको छ । यसर्थ चैत २९ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन सक्नेछन् ।
वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२ मा प्रकाशित