काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको छ । उक्त दिन सुन प्रतितोला २ सय रुपैंयाले घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ३५ हजार ८०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन बुधबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर १ हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४ मा प्रकाशित