back
NMB ad

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

Kumari bank ad

गुल्मी, १६ वैशाखः जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।

लिम्घाको मौरीओडारस्थित शाहाघाट लिम्घा भित्री सडकखण्डमा रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किरहेको लु१च ४३२० नम्बरको जिप गए राति दुर्घटना हुँदा स्थानीय ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोख्रेलले जानकारी दिनुभयो ।

दुर्घटनामा सत्यवति–५ का ३१ वर्षीय कृष्ण थापा, वडा नं ४ का ३५ वर्षीय यसबहादुर बुढाथोकी, ४० वर्षीय खेमु श्रीस, ६० वर्षीय दुर्गाबहादुर राना, ३१ वर्षीय भूपेन्द्रदेव खप्तरी थापा, ५३ वर्षीय पदमबहादुर बुढाथोकी, ३१ वर्षीय भरत बुढाथोकी, २६ वर्षीय मिलन राना, २६ वर्षीय ठगबहादुर बुढाथोकी, ३४ वर्षीय घनश्याम बुढाथोकी, ५६ वर्षीय चीनबहादुर राना र चालक २९ वर्षीय शङ्कर विक घाइते भएको प्रहरी नायब उपरीक्षक पोख्रलले बताउनुभयो । घाइते चार जनाको पाल्पा र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५४ मा प्रकाशित

You can share this post!

वर्षासँगै काठमाडौँको प्रदूषण कम हुँदै   

वर्षासँगै काठमाडौँको प्रदूषण कम हुँदै   

वि.सं.२०८१ वैशाख ३० आइतवार १६:१४

काठमाडौँ, ३० वैशाख : काठमाडौँ उपत्यका वायु प्रदूषणको हिसाबले आज...

सेयर बजार ८ अंकले बढ्दा, एक कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजार ८ अंकले बढ्दा, एक कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख ३० आइतवार १५:१३

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख ३० आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

काठमाडौँ महानगरपालिकाले नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्ने

काठमाडौँ महानगरपालिकाले नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्ने

वि.सं.२०८१ वैशाख ३० आइतवार १४:४८

काठमाडौँ, ३० वैशाखः काठमाडौँ महानगरपालिकाले आफ्नो कार्य क्षेत्रमा सञ्चालित केही...

प्रभु बैंक र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटबीच सम्झौता

प्रभु बैंक र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार १४:४४

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौ, बसुन्धरा...

१९.८ प्रतिशतले बढ्यो रेमिट्यान्स

१९.८ प्रतिशतले बढ्यो रेमिट्यान्स

वि.सं.२०८१ वैशाख ३० आइतवार १४:३१

काठमाडौं । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले वृद्धि भई...