back
NMB ad

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

Kumari bank ad

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले नेपालमा लगानी गर्न चाहने लगानीकर्ताका लागि वातावरण तयार गरिदिनुपर्ने बताउनुभएको छ ।

वैदेशिक लगानीकर्तालाई आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको ‘नेपाल लगानी सम्मेलन २०२४’ का सन्दर्भमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।

नेपालमा लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण निर्माण गरिदिनुपर्ने भन्दै उहाँले भन्नुभयो, ‘लगानीकर्ताहरूलाई हामीले वातावरण निर्माण गरिदिनुपर्छ । केही-केही ऐन, कानूनका कारण उत्पन्न भएको समस्या समाधानका लागि अध्यादेशबाट लगानी सम्मेलनलाई नै आधार मानेर केही अध्यादेश ल्याएको छ । खासगरी नदी कोरिडोरको विषयमा । बाध्यात्मक अवस्था सिर्जना गर्ने चिजहरू, वातावरणीय कुराहरू रहेका छन् ।’

लगानी गर्नका निम्ति नेपाल सम्भावनायुक्त देश भएको भन्दै मन्त्री चौधरीले कानूनी, भौगोलिक तथा रणनीतिक हिसाबले पनि लगानीका लागि सम्भावना भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा लगानी गर्नका निम्ति प्रशस्तै सम्भावनाहरू रहेका छन् । खासगरी नेपालमा लगानी गर्न चाहने वैदेशिक लगानीकर्ताहरूलाई लगानी गर्न म आह्वान गर्दछु । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय लगानीकर्ताहरू सबैका लागि यहाँ ठाउँ पनि छ र सम्भावना पनि छ।’

खासगरी मुलुक अहिले आर्थिक समृद्धिको दिशामा लगानी बढेको भन्दै उहाँले लगानीका लागि नेपालमा आउन लगानीकर्तालाई उहाँले आग्रह गर्नुभयो ।

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५ मा प्रकाशित

You can share this post!

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजार दोहोरो अंकले बढ्दा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजार दोहोरो अंकले बढ्दा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख ३१ सोमवार १५:०७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना

आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:५२

काठमाडौँ, ३१ वैशाखः जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा...

मोटरबोटले बढायो पर्यटन   

मोटरबोटले बढायो पर्यटन   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:४६

कमलकुमार बस्नेत काठमाडौँ, ३१ वैशाखः नेपालका नदीमा पहिलोपटक ‘मोटरबोट’ चलेको...

माछापुच्छ्रे बैंकद्वारा दुर्घटना बिमा अन्र्तगतको १० लाख रकम हस्तान्तरण

माछापुच्छ्रे बैंकद्वारा दुर्घटना बिमा अन्र्तगतको १० लाख रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:३६

काठमाडौं । माछापुच्छ्रे बैंकले न्यू स्मार्ट तलव खाता अन्र्तगत दुर्घटनामा...

जलविद्युत् छ तर बत्ती बल्दैन   

जलविद्युत् छ तर बत्ती बल्दैन   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:३०

डम्मर बुढामगर ढोरपाटन (बागलुङ), ३१ वैशाख : बागलुङको तमानखोला गाउँपालिका–६...