back
NMB ad

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

Kumari bank ad

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम सम्पन्न भएको छ ।

स्वर्ण महोत्सवको उपलक्ष्यमा नेपाल–कोरिया मैत्री अभियान २०२४ अन्र्तगत नेपाली र कोरियाली आरोहीहरूबाट हालैमात्र जुगल हिमालको जुगल हिमाल १ र जुगल हिमाल २ आरोहण गरिएको थियो । चुचुरो मै पुग्न असफल भएपनि यो पटक ६ हजार २५० मिटरसम्म आरोहण भएको थियो । यो आरोहण नेपाल र छिमेकी राष्ट्र दक्षिण कोरिया विच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको उपलक्ष्यमा नेपाल सरकारले २०७९ चैत्र २८ गतेको नेपाल सरकार ९मन्त्रिपरिषद्० बैठकले आरोहणका लागि खुल्ला गरेको थियो ।

नेपाल पर्यटन बोर्ड र नेपाल स्थित कोरियन दूतावासको सहकार्यमा आयोजना गरिएको
सो कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री हितबहादुर तामाङले नेपाल–कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वर्षगाँठ (स्वर्ण महोत्सव) को उपलक्ष्यमा नेपाल सरकारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भयो । कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष भए पनि दुई देशबीच धार्मिक र सांस्कृतिक सम्बन्ध भने प्राचीन र ऐतिहासिक रहेको उल्लेख गर्दै उहाँले कोरियाको तर्फबाट प्रारम्भदेखि निरन्तर नेपालको समग्र अर्थतन्त्र, पूर्वाधार विकास,पर्यटन तथा रोजगारीलगायत विभिन्न क्षेत्रमा भएको पारस्परिक सहयोग प्रति आभार व्यक्त गर्नुभयो ।

संघीय सांसद माधव सापकोटाले स्वर्ण महोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै आगामी दिनमा नेपाल र कोरिया बीच रहीआएको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नु भयो ।

यस्तै नेपालका लागि कोरियाका राजदूत पार्क टी योङले नेपाल र कोरियाबीच लामो सम्बन्ध रहेको चर्चा गर्दै स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको यस अभियानले नेपालको हिमाली पर्यटनको थप विकास तथा प्रर्वद्धनका लागि मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख नन्दिनी लाहे थापा, नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुर प्रसाद पाण्डे, कोरियन अल्पाइन फाउण्डेशनका अध्यक्ष डा. सोम जंग हो,कोरिया नेपाल फ्रन्डसीप एक्सपीडिसनका क्याप्टेन ऊ होङ गील लगायतले नेपाल कोरिया सम्बन्धका बारेमा बोल्नु भएको थियो । सो अवसरमा जुगल आरोहणमा सहभागी आरोहीहरुलाई सम्मान गरिएको थियो ।

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२ मा प्रकाशित

You can share this post!

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

वि.सं.२०८१ जेठ २ बुधवार ११:२४

वीरगञ्ज (पर्सा), २ जेठः मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत...

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ २ बुधवार ११:१५

काठमाडौँ, २ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत...

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ...

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:३५

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

वि.सं.२०८१ जेठ २ बुधवार १०:२६

काठमाडौँ, २ जेठः सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य...

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

वि.सं.२०८१ जेठ २ बुधवार १०:२१

काठमाडौँ, २ जेठः हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...