back
NMB ad

ठोरी भन्सार पुनः सञ्चालनमा   

Kumari bank ad

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार बुधबारदेखि पुनः सञ्चालनमा ल्याइएको छ । एक समारोहका बीच प्रदेशसभा सदस्य ठाकुर ढकाल, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, माडी नगरपालिकाका प्रमुख ताराकाजीकुमारी महतो, ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरी भन्सार सञ्चालनमा ल्याउनुभएको हो ।

त्रिदेशीय नाकाका हिसाबले नेपालकै छोटो मानिने ठोरी–माडी–भरतपुर–रसुवागढी (केरुङ)को प्रवेशबिन्दु ठोरी नाका रहेको छ । भरतपुर भ्रमण वर्ष २०२४ का सन्दर्भमा भरतपुर महानगरपालिकाले नाका सञ्चालनमा पहल गरेसँगै लामो समय बन्द रहेको नाका सञ्चालनमा आएको हो । भरतपुरबाट सबैभन्दा छोटो दूरीमा भारत जोडिएको स्थान ठोरी हो । भरतपुरबाट ठोरी ७० किमी दूरीमा छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य ठाकुर ढकालले यो नाका सञ्चालनसँगै चितवनको सबै क्षेत्रमा आर्थिक विकासका बाटा खुल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अब जिल्लाको सँगै देशको आर्थिक विकासमा सहयोग पुग्छ ।”

सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख दाहालले भन्सारलाई सहज, व्यवस्थित र नियमित रूपमा सञ्चालनमा ल्याउन ठोरी गाउँपालिकाको मुख्य भूमिका रहने बताउनुभयो । लामो समयको पहलपछि नाका पुनः सञ्चालनमा ल्याउन सकिएको भन्दै उहाँले नाका सञ्चालनमा आएपछि भारतबाट ठोरी हुँदै नेपाल प्रवेश गर्ने पर्यटकलाई वीरगञ्ज र भैरहवा नाकाबाट लिने अस्थायी पासको झन्झट हटेर गएको बताउनुभयो ।

भन्सार विभागका महानिर्देशक डुण्डीप्रसाद निरौलाका अनुसार भारतीय नम्बरप्लेटको एउटा सवारीले एक वर्षभित्र ३० दिन नेपालमा अस्थायी पास लिएर सवारी चलाउन पाइने छ । भन्सारलाई थप स्तरोनन्ति गर्न अहिले अध्ययन भइरहेकाले प्रतिवेदन आएपछि थप निक्र्याैल निस्किने उहाँको भनाइ थियो ।

भन्सार स्तरोन्नति गरी सञ्चालनमा ल्याउने सन्दर्भमा हालै सङ्घीय मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । पर्साको छोटी नाकामध्ये सबैभन्दा बढी चल्ती अवस्थामा रहेको ठोरीस्थित छोटी भन्सार कार्यालयको भवन करिब दुई वर्ष अगाडि निर्माण गरी तयारी अवस्थामा थियो । यसअघि गत वर्ष माघ २७ गते नै भन्सारको सेवा सुरुआत गर्ने भनिएको भए पनि प्रक्रिया पूरा नभएको भन्दै अन्तिम समयमा रोकिएको थियो ।

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...