काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले डीभीको नतिजा आउन लागेको जानकारी दिएको हो ।
दुतावासले लेखेको छ, ‘डाइभर्सिटी भिसा २०२५ को छनोट समय लगभग आइसकेको छ।’ वैशाख २२ गते रातिको ९ बजेबाट नतिजा हेर्न सकिने दूतावासले जनाएको छ ।
आफ्नो कनफरमेसन नम्बर वेबसाइट http://dvprogram.state.gov/ESC/ मा गएर डीभीको नतिजा हेर्न सकिने पनि दुतावासले बताएको छ ।
वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२ मा प्रकाशित