back
NMB Ad

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २०८१ बैशाख २२ गते शनिबार काठमाडौंमा अभिकर्ता उत्प्रेरणा ‘क्याफ्टीङ लिडरसिप’ कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । क्याफ्टीङ लिडरसिप कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका ७ सय भन्दा बढी अभिकर्ताहरुको उल्लासमय सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रसाईले अभिकर्ताहरुको कामको उच्च सम्मान व्यक्त गर्दै काम गर्न उर्जा प्रदान गर्नु भएको थियो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले कार्यक्रमलाई सम्बोधन गर्दै अभिकर्ताहरुलाई आफ्नो पेशामा निष्ठापूर्वक काम गर्दा कही कतै बाधा आए कम्पनीले सधै सहजीकरण गर्ने बताउनु भयो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायव महाप्रबन्धक एवं नेशनल सेल्स हेड सोन बहादुर मगरज्यूले स्वागत मन्तब्य राख्दै जीवन जिउनका लागि मात्र नभएर जीवन जित्नका लागि हो, त्यसैले आफ्नो पेशामा सफलता प्राप्त गर्न निरन्तर र परिणाममुखि कार्य गर्न प्रोत्साहन गर्नु भयो ।

कम्पनीका तालिम विभाग प्रमुख योगेन्द्र प्रसाद खतिवडाले अभिकर्ताहरुलाई कम्पनीले प्रदान गर्ने सेवा सुविधा तथा विक्रीकला सम्बन्धी तालिम प्रदान गर्नु भएको थियो ।

कार्यक्रमको मुख्य आकर्षण प्रसिद्ध कलाकार कम्पनीका ब्राण्ड एम्बेसडर मनोज गजुरेलको सहभागीहरुमा रोचक ढंगले उत्प्रेरणात्मक प्रस्तुती रहेको थियो । उहाँले जीवन बीमाले सबैको जीवनमा निश्चिन्तता प्रदान गर्नेमा विश्वस्तता व्यक्त गर्नुभयो ।

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:१५ मा प्रकाशित

You can share this post!

‘सिएसआर’को रकम सबै प्रदेशमा कम्तिमा १० प्रतिशत खर्च गर्नैपर्ने, राष्ट्र बैंकले जारी गर्यो यस्तो निर्देशन   

‘सिएसआर’को रकम सबै प्रदेशमा कम्तिमा १० प्रतिशत खर्च गर्नैपर्ने, राष्ट्र बैंकले जारी गर्यो यस्तो निर्देशन   

वि.सं.२०८१ चैत ३ सोमवार २०:५४

काठमाडौँ : वाणिज्य बैङ्क तथा राष्ट्रियस्तरका वित्तीय संस्थाले आफ्नो संस्थागत...

ग्लोबल मनी विक – २०२५: वित्तीय साक्षरता अभियान आजदेखि सुरु

ग्लोबल मनी विक – २०२५: वित्तीय साक्षरता अभियान आजदेखि सुरु

वि.सं.२०८१ चैत ३ सोमवार १७:४८

काठमाडौं।  आजदेखि ‘ग्लोबल मनी विक – २०२५’ अभियान सुरू भएको...

सन नेपाल लाइफ इन्स्योरेन्सलाई २७ प्रतिशत हकप्रद सेयर बिक्रीको अनुमति

सन नेपाल लाइफ इन्स्योरेन्सलाई २७ प्रतिशत हकप्रद सेयर बिक्रीको अनुमति

वि.सं.२०८१ चैत ३ सोमवार १७:३५

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्सले २७ प्रतिशत हकप्रद सेयर बिक्री...

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता डा. डिल्लीराम पोख्रेलद्वारा जिम्मेवारी हस्तान्तरण

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता डा. डिल्लीराम पोख्रेलद्वारा जिम्मेवारी हस्तान्तरण

वि.सं.२०८१ चैत ३ सोमवार १७:२५

काठमाडौं। नेपाल राष्ट्र बैंकका सहप्रवक्ता तथा सूचना अधिकारी डा. डिल्लीराम...

 मनाङबाट ४६ विद्यार्थीले एसइई दिने   

 मनाङबाट ४६ विद्यार्थीले एसइई दिने   

वि.सं.२०८१ चैत ३ सोमवार १७:०६

मनाङ : मनाङमा ४६ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने...

क्रेष्ट माइक्रो लाइफको आईपीओ भोली बाँडफाँड हुने, आईपीओ हात पार्न भाग्यकै भर

क्रेष्ट माइक्रो लाइफको आईपीओ भोली बाँडफाँड हुने, आईपीओ हात पार्न भाग्यकै भर

वि.सं.२०८१ चैत ३ सोमवार १६:४३

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ भोली मंगलबार बाँडफाँड...