back
NMB ad

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

Kumari bank ad

गोरखा, २३ वैशाखः गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको माग धान्नै मुस्किल छ । विसं २०६७ देखि धार्चे गाउँपालिका–३ खोर्लाबेँसीमा ‘धार्चे रेन्बो ट्राउट एण्ड अग्र्यानिक होम’ माछा फार्म सञ्चालन गरिरहेका उहाँलाई व्यवसाय सुरूगर्दा उत्पादित माछाको बजारका विषयमा केही चिन्ता थियो । माछा उत्पादन सुरूभएपछि भने व्यवसाय सुरू गर्नुभन्दा अगाडिको जस्तो चिन्ता कहिल्यै गर्नुनपरेको उहाँले बताउनुभयो ।

तल्लो मनास्लु पदमार्गमा पर्ने खोर्लाबेँसीमा पदमार्गसँगै जोडिएर रहेको अग्र्यानिक माछा फार्ममा एक वर्षमा कम्तीमा २० क्विन्टल रेन्वो ट्राउट माछा उत्पादन हुने गर्दछ तर त्यसले स्थानीय बजारको माग धान्न नसकिएको गुरुङले बताउनुभयो । “अहिले वार्षिक करिब २० क्विन्टलसम्म माछा उत्पादन गरिरहेका छौँ । त्यसले माछा फार्ममा आउनेहरूको मागमात्रै पूर्ति गर्नसकिएको छ तर बाहिरबाट माग आउँदा पनि पठाउन सकिएको छैन”, गुरुङले भन्नुभयो ।

अर्ग्यानिक होममा आउने पाहुनाले प्रतिकेजी रु दुई हजारमा आफँैले पोखरीबाट ट्राउट माछा झिकेर खान पाउने व्यवस्था गरिएकाले पछिल्लो समयमा यही बासबस्ने गरी आउनेको संख्या बढ्दै गएको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार घरमा लैजान चाहनेलाई प्रतिकिलो रु एक हजार सात सयमा बिक्री गर्ने गरिएकामा फार्मबाट दैनिक सात किलोभन्दा बढी र माघमा लाग्ने तातोपानी मेलाको समयमा भने मदैनिक तीन क्वीन्टलसम्म माछा बिक्री हुने गरेको छ । “सामान्यतः दैनिक सात किलोभन्दा बढी माछा बिक्रि हुने गरेको छ । मेलापर्वका बेला भने फार्मको उत्पादनले नपुगेर हामी आफैँले बाहिरबाट किनेर ल्याउनुपर्ने अवस्था आउँछ । त्यसैले अहिलेसम्म व्यापार गरेर पछुताउनु परेको छैन”, उहाँले भन्नुभयो ।

धार्चेको पानी हिमालबाट आउने र धेरै चिसो हुनेभएकाले यहाँको माछा स्वादिष्ट हुने स्थानीयको भनाइपछि आफूले त्यसको सदुपयोग गर्दै व्यावसायिक आयआर्जन सुरूगरेको बताउने गुरुङले व्यवसाय विकासमा केही चुनौति रहे पनि निराश हुने अवस्था भने नरहेको बताउनुभयो । “समस्या र चुनौति त सबै ठाउँमा छन् तर मेहनत गरे आफ्नै गाउँठाउँमा पनि उद्यम गरेर खानसकिन्छ भन्ने उहाहरण म आफैँ हुँ । त्यसैले अरु युवाले पनि गरे केही हुन्छ भन्ने भावनाका साथ काम गर्नसक्नुपर्छ”, गुरुङको भनाइ छ ।

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१८ मा प्रकाशित

You can share this post!

सूर्योदय वोमीको एफपीओमा मागभन्दा १०५.४० गुणा बढी आवेदन, यस्तो छ पहिलो दिनको अपडेट

सूर्योदय वोमीको एफपीओमा मागभन्दा १०५.४० गुणा बढी आवेदन, यस्तो छ पहिलो दिनको अपडेट

वि.सं.२०८१ साउन ५ शनिवार ०६:५७

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन...

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’   

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:४४

काठमाडौँ : उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा...

काठमाडौँको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा   

काठमाडौँको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:३७

काठमाडौँ : नेपाली सेनाले काठमाडौँको सीतापाइलामा नयाँ पेट्रोल पम्प सञ्चालनमा...

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ   

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:३२

राजविराज (सप्तरी) : प्रहरीले कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सञ्चालक...

आज ५ साउन २०८१ शनिवार, कस्तो छ राशिफल ?

आज ५ साउन २०८१ शनिवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ साउन ५ शनिवार ०६:२७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

बङ्गलादेशमा कुनै सहयोग आवश्यक परे नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह   

बङ्गलादेशमा कुनै सहयोग आवश्यक परे नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह   

वि.सं.२०८१ साउन ४ शुक्रवार १७:३९

काठमाडौँ, ४ साउनः नेपाल सरकारले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा तत्कालै...