काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले गिरावट आएको छ । आइतबार बजार २४.५८ अंकले घटेर १९७४ को विन्दुमा कायम हुन पुगेको छ ।
उक्त दिन सबैभन्दा बढी नेपाल फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १२ करोड ६४ लाख ९९ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन डिस्टीलरीको ११ करोड ९० लाख ६८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन पोखरा फाइनान्सको ११ करोड ७० लाख ७६ हजार रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सको ११ करोड ५ लाख रुपैयाँ र शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकको ९ करोड ३४ लाख ४१ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८१ वैशाख २३ आइतवार १५:०६ मा प्रकाशित