back
Kumari Bank

आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा   

Nepal Bank

मनहरी (मकवानपुर), २४ वैशाख : आजदेखि औपचारिकरूपमा बागमती प्रदेश सरकारले सरकारी कामकाजी भाषा ऐन, २०८० कार्यान्वयन गर्ने भएको छ ।

गत असोज २२ मा बागमती प्रदेशसभाबाट ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ पारित गरिएको थियो भने कात्तिक २३ गतेका दिन प्रदेश राजपत्रमा प्रकाशित भएको थियो ।

राजपत्रमा प्रकाशित भएको एक सय ८०औँ दिनमा ऐन कार्यान्वयनमा जाने कानुनी व्यवस्था रहेकाले सोहीअनुसार वैशाख २४ अर्थात् आजदेखि ऐन कार्यान्वयन गरिन लागिएको हो । उक्त ऐनले नेपाल र तामाङ भाषालाई सरकारी कामकाजी भाषाकारूपमा प्रयोग गर्ने व्यवस्था गरेको छ ।

प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले आज बिहान काठमाडौँको वसन्तपुरमा एक औपचारिक कार्यक्रम गरी ऐन कार्यान्वयनको घोषणा गरेको छ । नेपाल एक बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक मुलुक रहेको र सांस्कृतिक बहुलतालाई संविधानले अङ्गीकार गरेकाले भाषिक–सांस्कृतिक विविधतालाई व्यवस्थापन गर्न व्यवस्था परिवर्तन भएकाले सो ऐन कार्यान्वयन जरुरी रहेको प्रदेशका संस्कृति पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले जानकारी दिनुभयो ।

भाषा ऐन कार्यान्वयन घोषणापश्चात् बागमती प्रदेश सरकार मातहत र प्रदेशका एक सय १९ स्थानीय तहको नाम चार भाषामा लेखिने उहाँले बताउनुभयो । उहाँका अनुसार कार्यालयको बोर्ड र ‘लेटर हेड’मा नेपाली, अङ्ग्रेजी, तामाङ र नेपाल भाषामा नाम रहनेछ ।

संविधानको व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्न भाषा आयोगको सिफारिसमा प्रदेश सरकारले पारित गरेको ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ जारी गरेको र सो ऐन आजबाट लागू हुने उहाँले बताउनुभयो ।

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:२३ मा प्रकाशित

You can share this post!

देशभर मनसुनी वायुको प्रभाव, यस्तो छ मौसम पूर्वानुमान    

देशभर मनसुनी वायुको प्रभाव, यस्तो छ मौसम पूर्वानुमान   

वि.सं.२०८२ असार १३ शुक्रवार ०६:५५

काठमाडौँ : देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । जल...

बरुण हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, कहिलेसम्म कायम सेयरधनीले दिने आवेदन ?

बरुण हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, कहिलेसम्म कायम सेयरधनीले दिने आवेदन ?

वि.सं.२०८२ असार १३ शुक्रवार ०६:४९

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले असार ३१ गतेदेखि हकप्रद...

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द,  यस्तो छ कारण   

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द, यस्तो छ कारण   

वि.सं.२०८२ असार १३ शुक्रवार ०६:२३

मुस्ताङ : बर्खामा मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको सङ्ख्या घट्दै...

विद्यार्थीविहीन सामुदायिक विद्यालय: गाउँका शिक्षक रित्ता कक्षाकोठा रुँगेर बस्न बाध्य

विद्यार्थीविहीन सामुदायिक विद्यालय: गाउँका शिक्षक रित्ता कक्षाकोठा रुँगेर बस्न बाध्य

वि.सं.२०८२ असार १३ शुक्रवार ०६:१६

सन्तोष गौतम म्याग्दी : विद्यार्थी नभएपछि बेनी नगरपालिका–५ माथिल्लो गाजनेको...

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर   

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८२ असार १३ शुक्रवार ०६:०८

काठमाडौँ  : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

आज १३ आषाढ २०८२ शुक्रवार, कस्तो रहला आजको राशिफल ?

आज १३ आषाढ २०८२ शुक्रवार, कस्तो रहला आजको राशिफल ?

वि.सं.२०८२ असार १३ शुक्रवार ०६:०२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...