काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले गिरावट आएको छ । सोमबार बजार १५.६२ अंकले घटेर १९५८ को विन्दुमा कायम हुन पुगेको छ ।
उक्त दिन बोटलर्स नेपाल (तराई)को सेयर मूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९.०३ प्रतिशतले बढेको हो । त्यसैगरी, माउन्टेन हाइड्रो नेपालको ८.५२ प्रतिशत, सिवाइसी नेपाल लघुवित्तको ५.१३ प्रतिशत दिव्यश्वरी हाइड्रोपावरको ४.९२ प्रतिशत, बाराही हाइड्रोपावरको ४.०५ प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९ मा प्रकाशित