back
NMB ad

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

Kumari bank ad

काठमाडौं । नेकपा एमालेबाट अलगिएर कम्युनिष्ट पार्टी एकताको  अभियान चलाइरहनुभएका नेता बामदेव गौतमले आफू एमालेमा नै आएर काम गर्न चाहेको बताउनुभएको छ ।

सोमबार ललितपुरमा आयोजित वरिष्ठ राजनीतिज्ञ सिद्धिलाल ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा नेता गौतमले पार्टी फुटेपछि पार्टी अध्यक्ष केपी ओलीले पहिलो पटक बोलाउँदा आफू नआएको तर दोस्रो पटक बोलाउँदा गएर मलाई के काम जिम्मा दिनुहुन्छ, अरूलाई के जिम्मा दिनुहुन्छ भनेर कुरा राखेको स्मरण गर्नुभयो । ‘उहाँले भन्नुभयो हाइ लेबल कमिटीले निर्णय गर्छ तपाईँहरूको बारेमा भन्नुभयो, हाइ लेबल कमिटीले निर्णय कहिले गरेको छ, आजसम्म पर्खेर बसेको छु, झण्डैँ सात आठ महिना भइसक्यो’, गौतमले भन्नुभयो ।

गौतमले मान्छेबाट गल्ती हुने बताउँदै आफूबाट गल्ती कमजोरी भएका र त्यो देखिएका बताउनुभयो । आफू फेरी आत्मालोचना गरेर पार्टीमा आएको उहाँको भनाइ छ । ‘अहिले म ७५ वर्षको छु, उहाँले होइन तपाईँ ७६ वर्ष हुनुभयो भन्नुभयो, हो ७६ वर्ष भए पनि ल छु, बढेर के फरक पर्योर झन् राम्रै भयो, मेरो हिसाबले ७५ हो, तपाईँको हिसाबले ७६ वर्ष भयो, तर मैले पार्टीले दिएको जिम्मेवारी अहिले पनि पुरा गर्न सक्छु’, गौतमले भन्नुभयो ।

पार्टी फुटेको बेला आफूलाई चित्त दुखेर कतै पनि नलागेको बताउँदै गौतमले पार्टी मिलाउनको लागि आफूले एउटा फोरम बनाएको स्मरण गराउनुभयो । तर फुट्ने र फुटेर जाने दुवैले आफैलाई पार्टी फुटायो भन्ने आरोप लगाएका भन्दै उहाँले गुनासो गर्नुभयो ।

पार्टी फुटेको बेलामा केपी ओलीले बोलाउँदा आफू एमालेमा नजानु गल्ती भएको गौतमले स्विकार्नुभयो । केपी ओलीले यस्तो बेलामा बिचमा बस्नु हुँदैन, आउनुस् नत्र तपाईँलाई घाटा लाग्छ भनेको स्मरण गर्दै गौतमले आज त्यही घाटा आफूले बेहोरिरहेको बताउनुभयो । ‘त्यसैले आज घाटा लागेको छ कमरेड, म त्यस बेला जानु पर्दथ्यो तपाईँले बोलाएको बेलामा’, गौतमले भन्नुभयो ।

पार्टी फुटेको बेला केपी तिर जाँदा प्रचण्डलाई गाली गर्नुपर्ने र प्रचण्डतिर जाँदा केपीलाई गर्नुपर्ने भएकोले आफू कतै जान नसकेको उहाँले स्पष्टीकरण दिनुभयो । ‘त्यस बेला पार्टी फुटाएको मैले हुँदै होइन, २०५४ सालमा पनि मैले पार्टी फुटाएको होइन, निष्कासन गरेपछि नयाँ पार्टी बनाइयो, रियलाइजेसन भएपछि फर्केर आइयो, अहिले पनि पहिला बोलाएको बेला जानु पर्दथ्यो जान सकिनँ’, उहाँले भन्नुभयो ।

पार्टी फुट्न लागेको बेला आफूले केपीलाई साथ दिनु पर्ने भए पनि केपीले साथ नै नखोज्नुभएको उहाँले बताउनुभयो । ‘तपाईँले साथ नै खोज्नु भएन, मैले कसरी साथ दिने ?’, गौतमको प्रश्न थियो ।
सबै अनुभवले केपी ओलीको खुट्टा तान्न र ढाल्नको लागि आफू एमालेमा आउन लागेको नभई उहाँलाई सघाउन आउन लागेको गौतमले बताउनुभयो । ‘तपाईँले जति उपलब्धि हासिल गर्नुभएको छ, त्यो भन्दा बढी उपलब्धि हुने गरी म आउँछु’, गौतमले ओलीलाई भन्नुभयो ।

आउने २०८४ को निर्वाचनमा एमालेले ६० लाख मत प्राप्त गर्ने गरी योजना बनाउन आफूले ओलीलाई सुझाव दिएको गौतमले बताउनुभयो । आफूले फेरी पार्टी फुटाउँछ  कि भन्ने डर लाग्छ भने आफूसँग अरू कोही मानिस राखिदिन गौतमले ओलीलाई आग्रह गर्नुभयो । ‘नमर्दासम्म मैले काम गर्न पाउनुपर्छ, मरेपछि कम्युनिष्ट पार्टीको झण्डा ओढ्न पाउनु पर्छ, मेरो कुरा यत्ति हो’, गौतमले भन्नुभयो ।

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:४३ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...