back
NMB ad

बिरामी बिदा हडतालपछि एयर इन्डियाका ७४ बजेट उडान रद्द   

Kumari bank ad

मुम्बई, २७ वैशाख : अन्तिम समयमा चालक दलका दर्जनौँ सदस्यले बिरामी भएको भन्दै सञ्चालनमा गम्भीर अवरोध गरेको एक दिनपछि एयर इन्डियाको बजेट वाहक सहायक कम्पनीले बिहीबार ७४ वटा उडानहरू रद्द गरेको छ ।

भारी ऋणग्रस्त वाहकलाई निजीकरण गर्ने सरकारी प्रयासपछि सन् २०२२ मा भारतीय समूह टाटा समूहले एयरलाइनलाई अधिग्रहण गरेको थियो ।

मिडिया रिपोर्टले अचानक सामूहिक बिरामी बिदालाई यसको नयाँ स्वामित्वले लगाएको भर्ती र पदोन्नतिको नयाँ नीतिहरूमा कर्मचारीहरूको असन्तुष्टिसँग जोडेको छ ।

“हाम्रा पाहुनाहरूलाई असुविधा कम गर्न हरसम्भव प्रयास गरिएको छ तर बिहीबार ७४ वटा उडान रद्द गर्न बाध्य भएका छौँ”, एयर इन्डिया एक्सप्रेसले विज्ञप्तिमा भनेको छ ।

कर्मचारी अभावका कारण मङ्गलबारदेखि ९० भन्दा बढी उडान ‘अवरुद्ध’ भएको एयरलाइन्सले बुधबारको विज्ञप्तिमा जनाएको थियो ।

प्रमुख कार्यकारी आलोक सिंहले आगामी दिनमा एयरलाइन्सले आफ्नो उडान तालिका घटाउन बाध्य भएको बताउनुभयो ।

“हिजो साँझदेखि हाम्रा एक सयभन्दा बढी चालक दलका सदस्यहरूले आफ्नो निर्धारित ड्युुटीअघि अन्तिम समयमा बिरामी भएको सूचना दिनुभयो, यसबाट हाम्रो परिचालन गम्भीररूपमा अवरुद्ध भए”, उहाँले भन्नुभयो, “यो कार्यले निश्चितरूपमा ड्युटीको आग्रहलाई प्रतिक्रिया दिन जारी राख्ने कम्पनीका दुई हजार चालक दलका सदस्यहरूको प्रतिनिधित्व गर्दैन ।”

मिडिया रिपोर्टहरूमा बजेट वाहकले कम्तीमा २० कर्मचारीलाई बर्खास्त गरेको जनाइएको छ । एयर इन्डिया एक्सप्रेसका प्रवक्ताले बिहीबार एयरलाइन्सले थप विवरण उल्लेख नगरी केही व्यक्तिविरुद्ध उचित कदम चालेको जानकारी दिनुभयो । “हामीले केही व्यक्तिविरुद्ध उचित कदम चालेका छौँ किनकी उनीहरूको कार्यबाट हाम्रा पाहुनाहरूलाई गम्भीर असुविधा भएको छ”, उहाँले भन्नुभयो ।

भारतीय सञ्चारमाध्यमका अनुसार आक्रोशित यात्रुहरूले ढिलाइ र रद्द गरिएका उडानहरूको अपडेट प्रतीक्षा गरिरहेका कारण नयाँदिल्ली विमानस्थलमा बुधबार अराजक दृश्यहरू देखिएको थियो ।

वि.सं.२०८१ वैशाख २७ बिहीवार १६:२६ मा प्रकाशित

You can share this post!

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा दोहोरो अंकको वृद्धि, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकको वृद्धि, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ जेठ ७ सोमवार १५:०९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

नेप्सेमा १ करोड ८६ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ८६ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ जेठ ७ सोमवार १५:००

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

दुहवी र इटहरीका आगलागी पीडित १२ घरपरिवारलाई राहत वितरण

दुहवी र इटहरीका आगलागी पीडित १२ घरपरिवारलाई राहत वितरण

वि.सं.२०८१ जेठ ७ सोमवार १४:२३

सुनसरी, ७ जेठ । सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ९...

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीसहित नौ जनाको मृत्यु भएको पुष्टि   

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीसहित नौ जनाको मृत्यु भएको पुष्टि   

वि.सं.२०८१ जेठ ७ सोमवार १३:३४

तेहरान, इरान, ७ जेठ : इरानको उत्तरपश्चिमी क्षेत्रमा आइतबार दुर्घटना...