back
NMB ad

युनिलिभर नेपालको खुद नाफा ३०.४६ प्रतिशतले बढ्यो, कुन सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । युनिलिभर नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजजिक विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४८ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको भन्दा ३०.४६ प्रतिशतले धेरै हो । गत वर्ष यसै अवधिमा कम्पनीले ३७ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको चैतसम्ममा ब्यापार गरेर १ अर्ब ९६ करोड ५७ लाख रुपैयाँ आम्दानी गरेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब ९९ करोड ५५ लाख आम्दानी गरेको छ।

गत वर्षको तेस्रो त्रैमाससम्ममा कुल खर्च १ अर्ब ५४ करोड रुपैयाँ रहेकोमा यस वर्ष यस्तो खर्च १ अर्ब ४५ करोड रुपैयाँमा झरेको छ।

गत वर्ष २१ सय ५२ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर २ हजार २०२ रुपैयाँ (वार्षिक) पुगेको छ । प्रतिसेयर नेटवर्थ ३ हजार १ सय ६२ रुपैयाँ कायम छ ।

चैत मशान्तसम्ममा कम्पनीको कुल चुक्ता पूँजी ९ करोड २१ लाख रुपैयाँ छ भने रिटर्न अर्निङ ४ अर्ब २६ करोड रुपैयाँ रहेको छ।

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ११:५१ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...