back
NMB ad

कर्णाली कोरिडोरमा १६ वटा पक्की पुल निर्माण   

Kumari bank ad

मान्म (कालीकोट), २८ वैशाख : कर्णाली कोरिडोरअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका–८ खुलालुबाट हुम्लाको सलिसल्लासम्म १६ वटा पक्की पुल निर्माण भएका छन् । गत वैशाखदेखि हालसम्म कर्णाली करिडोरअन्तर्गत उक्त खण्डमा १६ वटा पक्की पुल निर्माण भएका हुन् ।

आठदेखि दश महिनाको अवधिमा करिडोरअन्तर्गत कालीकोटको खुलालुबाट हुम्लाको सलिसल्लासम्म १२३ किलोमिटरमा १६ पक्की पुल निर्माण सम्पन्न भएका खुलालु सलिसल्ला सडक आयोजना कार्यालयले जनाएको छ ।

उक्त खण्डमा साना तथा ठूला खोलामा गरी १६ वटा पक्की पुल निर्माण भएको खुलालु आयोजनाका प्रमुख वीरेन्द्र चन्दले बताउनुभयो । “गत वैशाखदेखि निर्माण सुरु भएको थियो”, उहाँले भन्नुभयो, “सबै पुल निर्माण गत कात्तिकमा सम्पन्न भए पनि बाँकी काम भने चैतमा सम्पन्न भएका छन् ।”

सलिसल्लासम्म राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै निर्माण सामग्री जुटाउन सहज भएकाले चाँडो काम सम्पन्न भएको प्रमुख चन्दले जानकारी दिनुभयो । “निर्माण सम्पन्न भएका पुल खुलालुबाट बाजुराको कवाडीसम्म आठवटा छन्”, उहाँले भन्नुभयो, “बाजुराको कवाडीबाट हुम्लाको सलीसल्लासम्म आठवटा छन् ।”

सबै पुल छ मिटर चौडाइ र आठ मिटर लम्बाइका रहेका आयोजनाका प्रमुख चन्दले बताउनुभयो । “यी सबै पुल निर्माणका लागि भ्याटसहित कार्यालयले रु नौ करोड लागतमा बनाएको हो”, उहाँ भन्नुभयो, “पुल निर्माणसँगै बर्खायाममा बाढी पहिरो तथा खोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध हुने अवस्थाको अन्त्य भएको छ ।”

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:२५ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...