back
NMB ad

काठमाडौँ महानगरपालिका–१६ को नवनिर्मित भवन उद्घाटन   

Kumari bank ad

काठमाडौँ, २८ वैशाखः काठमाडौँ महानगरपालिका वडा नं १६ को नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन तथा स्वर्गीय वडाअध्यक्ष मुकुन्द रिजालको पूर्ण कदको शालिक अनावरण गरिएको छ ।

काठमाडौँ महानगरपालिकाको रु सात करोड ५३ लाख लगानीमा चमतीमा निर्माण भएको उक्त भवन तथा शालिकको आज काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले उद्घाटन तथा अनावरण गर्नुभयो ।

उपप्रमुख डङ्गोलले समृद्ध वडा निर्माणका लागि वडाअध्यक्षका रुपमा स्वर्गीय रिजालले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । “सबै एकजुट भएर समृद्ध वडा निर्माण गर्नसकेमात्र स्व रिजालप्रति उच्च श्रद्धाञ्जली हुनेछ”, उहाँले भन्नुभयो । उपप्रमुख डङ्गोलले स्पष्ट वक्ता र निर्भिक व्यक्ति रिजालको अभाव वडामात्र नभई काठमाडौँ महानगरपालिकाभित्र खड्किरहेको उल्लेख गर्नुभयो ।
काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले सहमति सहकार्य र एकताको साथ अगाडि बढेमात्र समृद्ध वडा र समृद्ध महानगर निर्माण हुने बताउनुभयो । उहाँले आफू प्रमुख हुँदा नै सबै वडामा सुविधासम्पन्न वडा भवन निर्माण गर्ने लक्ष्य लिएको स्मरण गर्दै उक्त लक्ष्य क्रमशः पूरा हुँदै गएकोमा खुशी व्यक्त गर्नुभयो ।

विस २०७६ सालमा काठमाडौँ महानगरपालिकाले विष्णुमति करिडोरस्थित चमतीमा एक रोपनी चार आना जग्गा खरीद गरी विस २०७८ साउन ३० गते शिलान्यास गरेको काठमाडौँ महानगरपालिका वडा नं १६ का कार्यवाहक अध्यक्ष पुष्प महर्जनले जानकारी दिनुभयो ।

भूमिगत पार्किङसहित छ तला रहेको उक्त भवन तीन हजार वर्गफिट क्षेत्रफलमा फैलिएको छ । उक्त भवनको कार्यादेश रकम रु सात करोड ५३ लाख २२ हजार रहेको छ ।

कार्यक्रममा स्वर्गीय वडाअध्यक्ष रिजालको पूर्ण कदको शालिक निर्माण गर्ने मूर्तिकार महेश तुलाधरलाई सम्मान गरिएको थियो । स्वर्गीय वडाअध्यक्ष रिजालकी धर्मपत्नी कविता आचार्य रिजालले आफ्ना श्रीमान् रिजालले गर्न बाँकी रहेका अधुरा सपना पूरा गर्नका लागि वर्तमान नेतृत्व लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १४:५६ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...