back
NMB ad

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

Kumari bank ad

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार भारतको सिक्किममा विद्युत् वितरण प्रणालीलाई बढावा दिन र विद्युत् आपूर्तिको लचिलोपन बढाउन १४ करोड ८५ लाख अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।

परियोजनाले विद्यमान २६ वटा विद्युत् सवस्टेसनलाई अपग्रेड गर्दै करिब सात सय ७० किलोमिटर जलवायु–लचिलो कन्डक्टर स्थापना गरेर सिक्किमको विद्युत् वितरण प्रणालीलाई उन्नत र आधुनिकीकरण गर्ने वाचा गरेको छ ।

परियोजनाअनुरूप नवीकरणीय ऊर्जा प्रणाली स्थापना गरेर र व्यावसायिक सीप सुधार गरेर कम्तीमा एक हजार एक सय महिलाको जीविकोपार्जन बढाउने एडीबीले जनाएको छ ।

परियोजनाले विशेषगरी जाडो महिनाहरूमा ग्रामीण स्वास्थ्य सेवा सुविधाहरूको क्षमता बढाउन २४ वटा प्राथमिक स्वास्थ्य सेवा उपकेन्द्रमा सौर्य ऊर्जा प्रणाली र ऊर्जा–कुशल विद्युतीय उपकरणहरू पनि तैनाथ गर्ने एडिबीले जनाएको छ ।

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४ मा प्रकाशित

You can share this post!

लघु उद्यमीका लागि सरकारले न्यून ब्याजमा २५ लाखसम्मको ऋण दिने   

लघु उद्यमीका लागि सरकारले न्यून ब्याजमा २५ लाखसम्मको ऋण दिने   

वि.सं.२०८१ जेठ १९ शनिवार ०६:४०

भक्तपुर : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नयाँ उद्योग...

आज १९ जेठ २०८१ शनिवार, कस्तो छ राशिफल ?

आज १९ जेठ २०८१ शनिवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ जेठ १९ शनिवार ०६:३३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ १८ शुक्रवार २१:२७

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य...

भारतीय अदालतद्वारा गर्मीका कारण राष्ट्रिय आपतकाल घोषणा गर्न आग्रह   

भारतीय अदालतद्वारा गर्मीका कारण राष्ट्रिय आपतकाल घोषणा गर्न आग्रह   

वि.सं.२०८१ जेठ १८ शुक्रवार १७:१६

नयाँदिल्ली, १८ जेठ   : भारतीय अदालतले चरम मौसमी समस्या...

सुपारी प्रशोधनका लागि ४० लाख अनुदान   

सुपारी प्रशोधनका लागि ४० लाख अनुदान   

वि.सं.२०८१ जेठ १८ शुक्रवार १७:०५

बनियानी (झापा), १८ जेठ : झापामा सुपारी प्रशोधनका लागि रु...

कृषि तथा पशुपक्षी बीमाको बजेट बढाउन सांसदको माग   

कृषि तथा पशुपक्षी बीमाको बजेट बढाउन सांसदको माग   

वि.सं.२०८१ जेठ १८ शुक्रवार १६:५९

काठमाडौँ, १८ जेठ : कृषि तथा पशुपक्षी बीमाको रकम बढाउनुपर्नेमा...