back
NMB ad

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

Kumari bank ad

दमौली (तनहुँ), ९ जेठ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण सुरु गरिएको छ । बुद्ध जयन्तीको अवसर पारेर गुरुङ मगर सांस्कृतिक एकता समाजले २९ फिट अग्लो मूर्ति निर्माण थालेको हो ।

यहाँ आज आयोजित कार्यक्रममा गुरुङ लामा बौद्ध एसोसिएसनका सदस्य खेन रिन्पोचे शिर लामाले उक्त मूर्तिको शिलान्यास गर्नुभयो । यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित २९ फिट अग्लो बुद्धको मूर्ति बनाउन लागिएको समाजका अध्यक्ष मनराज गुरुङले जानकारी दिनुभयो । गौतम बुद्ध सबैको साझा व्यक्ति भएकाले बुद्धको मूर्ति निर्माणपछि समग्र नगरको प्रचारप्रसार हुनाका साथै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उहाँको भनाइ छ ।

अध्यक्ष गुरुङका अनुसार बुद्ध मूर्ति निर्माणका लागि रु एक करोड बजेट लाग्ने अनुमान गरिएको छ । “समाजले चन्दा सङ्कलन गरी मूर्ति निर्माण गर्नेछ”, उहाँले भन्नुभयो, “समाजसँग आबद्ध देश तथा विदेशमा रहनेसँग पनि चन्दा सङ्कलन गर्दैछौँ ।”

एक्ले सामुदायिक वनभित्र रहेको यस ठाउँमा पूर्वाधार निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । यस ठाउँलाई उजागर र प्रचारप्रसार गरी पर्यटकीय गन्तव्य बनाउन एक्लेडाँडा पर्यटन प्रवर्द्धन समिति गठन गरिएको छ । समितिका अध्यक्ष विपेन्द्रसेन ठकुरीले बुद्धको प्रतिमा निर्माणपछि यसको संरक्षणका साथै थप प्रवर्द्धन हुने उल्लेख गर्नुभयो ।

प्रतिवेदनअनुसार पूर्वाधार निर्माणका लागि रु १२ करोड ५३ लाख ३४ हजार चार सय एक बजेट आवश्यक पर्ने देखिएको छ । प्रतिवेदनमा दुई किलोमिटरको पदमार्ग र एक्लेडाँडोमा शान्तिका प्रतीक गौतम बुद्धको मूर्ति निर्माण गर्ने उल्लेख समितिका अध्यक्ष ठकुरीले जानकारी दिनुभयो ।

पृथ्वीराजमार्गको लेखनाथ तथा म्याग्देबाट देखिने गरेर आमाको प्रतीकका रुपमा स्तनपान गराइरहेकी महिलाको विशाल मूर्ति निर्माण गरिनेछ । एक्लेडाँडाबाट शुक्लागण्डकी–२ गाछेपानीमा रहेको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामसम्म जिपलाइन निर्माण गर्ने योजना समेत समेटिएको छ । जिपलाइन साहसिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्न सक्ने समितिका अध्यक्ष ठकुरीले बताउनुभयो ।

बुद्ध जयन्तीका दिन मात्रै भरिभराउ हुने एक्लेडाँडा हिजोआज अन्य समयमा पनि आन्तरिक पर्यटकले भरिन थालिसकेको छ । सधैँ दुलेगौँडा सहरको व्यस्ततालाई नियाल्दै बस्ने एक्लेडाँडामा यहाँका स्थानीय साँझ बिहान टहलिन तथा पैदल यात्रामा पुग्ने गरेका छन् ।

केही वर्ष पहिला यस ठाउँमा घाँसदाउरा गर्न बाहेक स्थानीय नजानेमा पछिल्लो समय शनिबार र चाडपर्वमा दैनिक दुई÷तीन सयसम्म आन्तरिक पर्यटक एक्लेडाँडामा उक्लने गरेका स्थानीय बताउँछन् ।

पुल्चोकमा रहेका तिब्बतीयन शरणार्थीले हरेका वर्ष बुद्ध जयन्तीको दिनमा डाँडामा उक्लिएर धूपबत्ती बाल्ने गर्दछन् । तिब्बतीयन शरणार्थीले पवित्र थलो मानेर पूजा गर्ने शान्त डाँडैभरि झिलीमिली ध्वजापताका टाँसिएको छ ।

पर्यटकको चहलपहल बढ्न थालेपछि तीन वर्ष पहिला वडा कार्यालयले रु दश लाखको बजेटमा दुई सय मिटर रेलिङसहितको पदमार्ग निर्माण गरेको थियो । साथै प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रु पाँच लाखको लागतमा ढुङ्गाको छपनी बिछ्याएर साढे दुई सय मिटर पदमार्ग बनाइएको छ ।

वि.सं.२०८१ जेठ ९ बुधवार १६:३१ मा प्रकाशित

You can share this post!

कर्णाली प्रदेशको बजेटमा भौतिक पूर्वाधार तथा सहरी विकासलाई प्राथमिकता   

कर्णाली प्रदेशको बजेटमा भौतिक पूर्वाधार तथा सहरी विकासलाई प्राथमिकता   

वि.सं.२०८१ असार १ शनिवार १७:२८

काँक्रेविहार (सुर्खेत) १ असार : कर्णाली प्रदेशमा आगामी आर्थिक वर्षका...

जानकी मन्दिरको झल्को दिने प्रवेशद्वार जलेश्वरमा निर्माण   

जानकी मन्दिरको झल्को दिने प्रवेशद्वार जलेश्वरमा निर्माण   

वि.सं.२०८१ असार १ शनिवार १५:३७

जलेश्वर, १ असार: महोत्तरी जिल्लामा नेपाल र भारतको मुख्य सीमानाका...

काठमाडौँ उपत्यकामा आज साँझदेखि केही शीतल हुने   

काठमाडौँ उपत्यकामा आज साँझदेखि केही शीतल हुने   

वि.सं.२०८१ असार १ शनिवार १५:२९

काठमाडौँ, १ असारः काठमाडौँ उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा आज केही...

मेलम्ची बाढीको तीन वर्ष : पुनःनिर्माण सुस्त, स्थानीयवासी चिन्तित   

मेलम्ची बाढीको तीन वर्ष : पुनःनिर्माण सुस्त, स्थानीयवासी चिन्तित   

वि.सं.२०८१ असार १ शनिवार १५:२५

सिन्धुपाल्चोक, १ असार : हेलम्बु गाउँपालिका–४ का खिलप्रसाद लामिछानेलाई बर्खायाम...

पाथीभरामा जेठ महिनामा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन   

पाथीभरामा जेठ महिनामा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन   

वि.सं.२०८१ असार १ शनिवार १५:२१

फुङ्लिङ, १ असार : ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा जेठ महिनामा १६...

एक सय दिनमा आधार तयार भएको छ, अब नतिजा देखिन्छ : गृहमन्त्री लामिछाने   

एक सय दिनमा आधार तयार भएको छ, अब नतिजा देखिन्छ : गृहमन्त्री लामिछाने   

वि.सं.२०८१ असार १ शनिवार ११:०१

काठमाडौँ : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफूले गृह मन्त्रालयको...