back
NMB ad

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

Kumari bank ad

काठमाडौँ, १३ जेठ : मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आज महाशाखाले ‘तातो दिन तथा तातो लहर’ सम्बन्धी विशेष बुलेटिन प्रकाशन गर्दै आगामी तीन दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले सोको असरबाट बच्न आवश्यक तयारीसहित सतर्कता अपनाउन अनुरोध गरेको हो ।

महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, माङ्सपेशीहरू दुख्ने, बान्ता हुनेलगायत समस्या आउने भन्दै सर्तकता अपनाउन अनुरोध गरेको हो ।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र वा चिसो स्थानमा बस्ने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नहिड्ने, हल्का तथा सुतीका कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, पानीका साथै झोल पदार्थ प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत अनुरोध गरिएको छ ।

वि.सं.२०८१ जेठ १३ आइतवार १६:२३ मा प्रकाशित

You can share this post!

पूर्वसभामुख सापकोटालाई प्रश्न:- मुलुकमा भइरहेको राजनीतिक अभ्यासलाई तपाईंले कसरी हेर्नुभएको छ ?    

पूर्वसभामुख सापकोटालाई प्रश्न:- मुलुकमा भइरहेको राजनीतिक अभ्यासलाई तपाईंले कसरी हेर्नुभएको छ ?    

वि.सं.२०८१ असार ३ सोमवार १२:५१

पूर्वसभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्र भनेको प्रवचन र भाषण नभई दैनिक...

पेट्रोलियम पदार्थ ढुवानीमा हडताल     

पेट्रोलियम पदार्थ ढुवानीमा हडताल     

वि.सं.२०८१ असार ३ सोमवार १२:४३

काठमाडौँ, ३ असार : नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले विभिन्न...

ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोबाट विस्थापित   

ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोबाट विस्थापित   

वि.सं.२०८१ असार ३ सोमवार ११:१५

ताप्लेजुङ, ३ असार : यहाँका विभिन्न गाउँका २५ घर परिवार...

आइडा–२१ बैठकको अध्यक्षता गर्न विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक नेपालमा   

आइडा–२१ बैठकको अध्यक्षता गर्न विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक नेपालमा   

वि.सं.२०८१ असार ३ सोमवार ११:०५

काठमाडौँ, ३ असार : विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल...

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ असार ३ सोमवार १०:४२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ घटेको छ...

नेपाल बैंकले कर्जा ग्राहकहरुलाई ब्याज छुट दिने

नेपाल बैंकले कर्जा ग्राहकहरुलाई ब्याज छुट दिने

वि.सं.२०८१ असार ३ सोमवार १०:३५

काठमाडौं । नेपाल बैंक लिमिटेडले कर्जा ग्राहकहरुलाई ब्याज छुट दिने...