back
NMB ad

३८ लाख नेपालीले खान्छन् भत्ता

Kumari bank ad

काठमाडौँ । सामाजिक सुरक्षामा आवद्ध नेपालीको संख्यामा वृद्धि हुँदै गएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षण अनुसार सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको संख्यामा पछिल्लो एक वर्षमा ५.५ प्रतिशतले वृद्धि भएको छ । गत फागुनसम्म सो संख्या ३८ लाख २ सय ७७ पुगेको छ । गत वर्ष सामाजिक सुरक्षामा आवद्धको संख्या ३७ लाख ६ हजार ३ सय २७ थियो । ७० वर्ष नाघेका ज्येष्ठ नागरिकको संख्या १६ लाख २२ हजार ५ सय १६ छ ।

६० वर्ष नाघेका दलित १ लाख ५८ हजार २ सय ६१, ६० वर्ष कटेका एकल महिला ज्येष्ठ नागरिक १ लाख ९८ हजार २ सय ७०, विधवा महिला ५ लाख ७६ हजर ५ सय ५३, पूर्ण अपांगता भएका ६६ हजार ४ सय ५२, अति अशक्त अपांगता भएका १ लाख ४२ हजार १ सय ८५, तोकिएको क्षेत्रका बालबालिका ७ लाख ६१ हजार ९३, दलित बालबालिका ३ लाख ४२ हजार १ सय ७६, लोपोन्मुख जाति २२ हजार २ सय ४७, ६० वर्ष कटेका ज्येष्ठ नागरिक क्षेत्र तोकिएका १६ हजार ८ सय ४४ छन् ।

हरेक वर्ष राज्यले सामाजिक सुरक्षा भत्तामा खर्च गर्ने रकमको आकार बढ्दै गएको छ । चालु आर्थिक वर्षमा संघीय सरकारले सामाजिक सुरक्षातर्फ २ खर्ब ९८ अर्ब ५७ करोड १९ लाख विनियोजन गरेको थियो । सामाजिक सुरक्षामा सरकारले छुट्याएको रकम कूल बजेटको १४.७८ प्रतिशत, चालु बजेटको २२. ६७ प्रतिशत र कूल ग्राहस्थ उत्पादनको ५.५४ प्रतिशत हो । १० वर्षअघि आर्थिक वर्ष ०७०/०७१ मा कूल बजेटको ८.१७ प्रतिशत मात्र सामाजिक सुरक्षा शीर्षकमा खर्च भएको थियो ।

वि.सं.२०८१ जेठ १४ सोमवार १०:०१ मा प्रकाशित

You can share this post!

कर्णाली प्रदेश : ६ वर्षमा तीन अर्ब आन्तरिक आम्दानी   

कर्णाली प्रदेश : ६ वर्षमा तीन अर्ब आन्तरिक आम्दानी   

वि.सं.२०८१ असार ३ सोमवार १६:४९

भेरीगङ्गा (सुर्खेत), ३ असार : कर्णाली प्रदेश सरकारले विगत ६...

श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सङ्केत   

श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सङ्केत   

वि.सं.२०८१ असार ३ सोमवार १६:२९

कोलम्बो(श्रीलङ्का), ३असार : श्रीलङ्काले सोमबार पहिलो त्रैमासिकमा कमजोर विदेशी मुद्रा सङ्कटबाट...

इन्जिनमा आगलागीपछि विमानको सकुशल अवतरण   

इन्जिनमा आगलागीपछि विमानको सकुशल अवतरण   

वि.सं.२०८१ असार ३ सोमवार १६:२१

वेलिङ्गटन, १७ जेठ :अस्ट्रेलियाको मेलबर्नका लागि उडेको यात्रुवाहक विमानलाई न्युजिल्याण्डमा...

संसद्का कर्मचारीका माग सम्बोधन गराउन पहल गर्ने निर्णय   

संसद्का कर्मचारीका माग सम्बोधन गराउन पहल गर्ने निर्णय   

वि.सं.२०८१ असार ३ सोमवार १६:१८

काठमाडौँ, ३ असार : सङ्घीय संसद् सचिवालयका कर्मचारीको सेवा सुविधासम्बन्धी...

ट्याङ्कर चालक सङ्घको हडताल फिर्ता, आजैदेखि इन्धन सहज हुने   

ट्याङ्कर चालक सङ्घको हडताल फिर्ता, आजैदेखि इन्धन सहज हुने   

वि.सं.२०८१ असार ३ सोमवार १६:१३

काठमाडौँ, ३ असार : सरकारसँग चारबुँदे सहमतिपछि आन्दोलनरत नेपाल पेट्रोलियम...

‘युनिग्लोब फुटसल फ्रेन्जी २०२४’ सम्पन्न, समृद्धि स्कुल प्रथम

‘युनिग्लोब फुटसल फ्रेन्जी २०२४’ सम्पन्न, समृद्धि स्कुल प्रथम

वि.सं.२०८१ असार ३ सोमवार १६:००

मंगलबार  सुरु भएको ‘युनिग्लोब फुटसल फ्रेन्जी २०२४’ शनिबार सकिएको छ...