back
NMB ad

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

Kumari bank ad

चौतारा (सिन्धुपाल्चोक), १४ जेठः नेपाल–चीन सीमाको तातोपानी नाका यार्सागुम्बा सङ्कलनको याम सुरु भएसँगै सुनसानभएको छ । नाकामा केही सुरक्षाकर्मी मात्रै देखिने गरेका छन् । अधिकांश पसल र होटेल बन्द प्रायः छन् । केही खुुलेका पसलमा पनि व्यापार घटेको छ । मितेरी पुल आसपास चीनबाट आयात गरिएका सवारी मात्रै छन् । जिल्लाको पूर्वी भेगका बासिन्दा यहाँका चिनियाँसँग मिलेर आफ्नो मुख्य आयस्रोत यार्सागुम्बा सङ्कलनका लागि चीन र नेपालको उच्च लेकक्षेत्र पुगिसकेका छन् ।

अध्यागमन कार्यालय कोदारीका सूचना अधिकारी दिनेश बराईकाअनुुसार चीनले यहाँका माथिल्लो हिमाली भेगका लेकक्षेत्रमा यार्सा सङ्कलन र बिक्री गर्ने अनुमति दिएको छ । यहाँका सबैजसो स्थानीय र व्यवासायी यार्साकै लागि लेकमा पुगेकाले सीमाको बजारमा खासै चहलपहल छैन ।

यसअघि विभिन्न जिल्लासहित राजधानी र सीमाक्षेत्रका गरी झण्डै तीन हजारभन्दा बढी यार्सा सङ्कलक लेकक्षेत्र पुग्ने गर्थे । वैशाखको दोस्रो सातादेखि सुरु हुने यार्सा सङ्कलनका लागि सीमाक्षेत्रबाट मात्रै झण्डै सात सय जना त्यसतर्फ प्रस्थान गरेको प्रारम्भिक अनुमान गरिएको छ । चीनको खासा, रमिते, पाङका स्थानीयले मितेरी पुलभन्दा पर रहेका चिनियाँ बजारमा झण्डै दुई दर्जन पसल सञ्चालनमा ल्याएका थिए ।

“चलेका पसल पनि अरुलाई जिम्मा दिएर गएका छन् भने अधिकाशंले सटर बन्दनै गरेका त्यता लागेका छन्, फलस्वरुप चिनियाँ बजार सुनसान बनेको छ”, भोटेकोशी चेम्बर अफ कर्मशका अध्यक्ष फुनु शेर्पा बताउनुहुन्छ ।

यसअघि नेपाली यार्सा सङ्कलकलाई चीनको उच्च इलाकामा यार्सा टिप्न पूरै बन्देज थियो । चीनको भू–भागमा पर्ने गौरीशङ्कर हिमशृङ्खला र पर्वतको फेदीस्थित लाप्ट, रेल्दोन, मानचौरजस्ता स्थानका यार्साको मूल्य राम्रो पाउने भएकाले स्थानीय जोखिम मोलेर भए पनि त्यहाँ यार्सा सङ्कलन गर्न जाने गरेका थिए ।

अहिले सर्वसाधरणकै अनुमति पत्रलाई आधार मानेर यार्सा टिप्न दिएयता उत्साहित यहाँका यार्सा सङ्कलक गाउँ रित्ताएर लेकमा पुगेका हुन् । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले आयात र निर्यातलाई चीनले फराकिलो बनाएसँगै नाकामा व्यापारिक चहलपहल बढेको सुधार आइरहेको बताउनुभयो ।

तातोपानीबाट अहिलेसम्म आठ वटा कन्टेनरबाट झण्डै एक करोड बराबरको मुडा, फ्रेमजस्ता सामग्री चीनको ल्हासा र अन्य बजारमा पुगेका छन् । त्यसबाहेक निर्यात छैन्, भने आयात बढ्दो छ, दैनिक १२ कन्टेनरबाट फलफूल र लत्ताकपडासहित अन्य सामग्री आएका छन्, सवारी पनि भित्रिरहेको भन्सार प्रमुख केसीले जानकारी दिनुभयो ।

वि.सं.२०८१ जेठ १४ सोमवार १४:४९ मा प्रकाशित

You can share this post!

कर्णाली प्रदेश : ६ वर्षमा तीन अर्ब आन्तरिक आम्दानी   

कर्णाली प्रदेश : ६ वर्षमा तीन अर्ब आन्तरिक आम्दानी   

वि.सं.२०८१ असार ३ सोमवार १६:४९

भेरीगङ्गा (सुर्खेत), ३ असार : कर्णाली प्रदेश सरकारले विगत ६...

श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सङ्केत   

श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सङ्केत   

वि.सं.२०८१ असार ३ सोमवार १६:२९

कोलम्बो(श्रीलङ्का), ३असार : श्रीलङ्काले सोमबार पहिलो त्रैमासिकमा कमजोर विदेशी मुद्रा सङ्कटबाट...

इन्जिनमा आगलागीपछि विमानको सकुशल अवतरण   

इन्जिनमा आगलागीपछि विमानको सकुशल अवतरण   

वि.सं.२०८१ असार ३ सोमवार १६:२१

वेलिङ्गटन, १७ जेठ :अस्ट्रेलियाको मेलबर्नका लागि उडेको यात्रुवाहक विमानलाई न्युजिल्याण्डमा...

संसद्का कर्मचारीका माग सम्बोधन गराउन पहल गर्ने निर्णय   

संसद्का कर्मचारीका माग सम्बोधन गराउन पहल गर्ने निर्णय   

वि.सं.२०८१ असार ३ सोमवार १६:१८

काठमाडौँ, ३ असार : सङ्घीय संसद् सचिवालयका कर्मचारीको सेवा सुविधासम्बन्धी...

ट्याङ्कर चालक सङ्घको हडताल फिर्ता, आजैदेखि इन्धन सहज हुने   

ट्याङ्कर चालक सङ्घको हडताल फिर्ता, आजैदेखि इन्धन सहज हुने   

वि.सं.२०८१ असार ३ सोमवार १६:१३

काठमाडौँ, ३ असार : सरकारसँग चारबुँदे सहमतिपछि आन्दोलनरत नेपाल पेट्रोलियम...

‘युनिग्लोब फुटसल फ्रेन्जी २०२४’ सम्पन्न, समृद्धि स्कुल प्रथम

‘युनिग्लोब फुटसल फ्रेन्जी २०२४’ सम्पन्न, समृद्धि स्कुल प्रथम

वि.सं.२०८१ असार ३ सोमवार १६:००

मंगलबार  सुरु भएको ‘युनिग्लोब फुटसल फ्रेन्जी २०२४’ शनिबार सकिएको छ...