back
Kumari Bank

मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त   

Nepal Bank

धनुषा, २५ जेठ : मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका बहुमत सदस्यको समर्थन दाबी परेपछि सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

उहाँलाई सङ्घीय सत्ता गठबन्धनमा रहेका दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टीलगायत बहुमत प्रदेशसभा सदस्यले समर्थन गरेका छन् ।  सिहंले आजै पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने तयारी छ ।

सिंह सप्तरी निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित हुनुहुन्छ । यसअघि उहाँ २०७४ को स्थानीय तह निर्वाचनमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष निर्वाचित हुनुभएको थियो । त्यसपछि २०७९ मा भएको स्थानीय तह निर्वाचनमा सोही गाउँपालिका अध्यक्षमा पराजित भएपछि सोही वर्षको आम निर्वाचनमा जनमतबाट उम्मेदवार भई प्रदेशसभा सदस्य निर्वाचित हुनुभयो ।

वि.सं.२०८१ जेठ २५ शुक्रवार १२:५८ मा प्रकाशित

You can share this post!

निजामती विधेयक प्रतिनिधिसभाबाट पारित, प्रशासनिक क्षेत्रमा आमूल सुधारको अपेक्षा   

निजामती विधेयक प्रतिनिधिसभाबाट पारित, प्रशासनिक क्षेत्रमा आमूल सुधारको अपेक्षा   

वि.सं.२०८२ असार १५ आइतवार २१:१०

भीष्मराज ओझा काठमाडौँ :  प्रतिनिधिसभाको आजको बैठकबाट बहुप्रतिक्षित ‘सङ्घीय निजामती...

बुङ्गल हाइड्रोपावरको २९ लाख ५ हजार कित्ता आइपीओ आउँदै

बुङ्गल हाइड्रोपावरको २९ लाख ५ हजार कित्ता आइपीओ आउँदै

वि.सं.२०८२ असार १५ आइतवार २१:०२

काठमाडौं । बुङ्गल हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने अनुमति पाएको...

एएफसी महिला एसियन कपः नेपालद्वारा लाओस पराजित   

एएफसी महिला एसियन कपः नेपालद्वारा लाओस पराजित   

वि.सं.२०८२ असार १५ आइतवार २०:५६

काठमाडौँ : उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत...

कप्तानी डेब्यूमै साम्बाको ह्याट्रिक   

कप्तानी डेब्यूमै साम्बाको ह्याट्रिक   

वि.सं.२०८२ असार १५ आइतवार २०:४४

काठमाडौँ, १५ असारः उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट...

सिनामङ्गल डिपो स्थानान्तरणः डिपिआर तयार, जग्गा प्राप्ति नहुँदा निर्माणमा ढिलाइ   

सिनामङ्गल डिपो स्थानान्तरणः डिपिआर तयार, जग्गा प्राप्ति नहुँदा निर्माणमा ढिलाइ   

वि.सं.२०८२ असार १५ आइतवार २०:३९

काठमाडौँ :  जग्गा प्राप्ति नहुँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित सिनामङ्गल हवाई...

भ्याट पुनरावलोकन गर्न अर्थमन्त्री पौडेलसमक्ष चेम्बरको ध्यानाकर्षण   

भ्याट पुनरावलोकन गर्न अर्थमन्त्री पौडेलसमक्ष चेम्बरको ध्यानाकर्षण   

वि.सं.२०८२ असार १५ आइतवार १८:२८

काठमाडौँ : आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत विलासिता र भ्याटमा...