back
Kumari Bank

‘आइएमई’ स्थापनाको २३ वर्ष पुरा

Nepal Bank

काठमाडौँ   ।  नेपाली रेमिटेन्सको पर्यायवाची बन्न पुगेको ‘आइएमई स्थापनाको २३ वर्ष पुरा भएको छ । २४ औँ वर्ष  प्रवेश गर्दा आइएमई लिमिटेड  रेमिटेन्स क्षेत्रको  सबैभन्दा ठुलो र विश्वसनीय कम्पनीको रूपमा  स्थापित हुन सफल भएको छ ।

आफ्नो स्थापनाको २४ औँ वार्षिकोत्सवका अवसरमा आइएमई लिमिटेडले  बुधवार काठमाडौँमा विशेष कार्यक्रममा आयोजना गर्यो । “डिजिटल रुपान्तरणलाई अंगाल्दै” भन्ने मूल नाराका साथ मनाइएको कार्यक्रममा आइएमई ग्रुपका  सह-सस्थापक तथा प्रबन्ध निर्देशक हेम राज ढकालले आइएमईको व्यावसायिक यात्राको  स्मरण गर्दै   राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड भइसकेको रेमिटेन्सलाइ वैधानिक माध्यमबाट स्वदेश भित्राउने व्यवसाय मार्फत देशको औपचारिक अर्थतन्त्र विकासमा योगदान  गर्न पुर्‍याउने कम्पनीको रूपमा आइएमईले योगदान गरिरहेको बताउनु भयो  । रेमिटेन्स सेवा रकमको औपचारिक आदान प्रदानमा  सीमित नरही  नागरिकको शिक्षा, स्वास्थ्य लगायतका गुणस्तरीय जीवनयापनको माध्यम बन्नका साथै राष्ट्रको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको पनि  प्रबन्ध निर्देशक  ढकालले उल्लेख गर्नु भयो ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले सन्देश मार्फत स्थापनाकालदेखि नै गुणस्तरीय सेवा प्रवाह गरिरहेको आइएमई उत्कृष्ट र विस्तारित सेवाहरूको माध्यमबाट आफ्ना ग्राहकहरूको सामाजिक तथा आर्थिक रूपान्तरणमा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।   साथै अध्यक्ष ढकालले २४ वर्षको यात्रामा निरन्तर सहयोग गर्नुहुने सेवाग्राहीहरू, नेपाल सरकार, नेपाल राष्ट्र बैङ्क, नियमनकारी निकायहरू, व्यावसायिक साझेदारहरू, कर्मचारीहरू लगायत सम्पूर्ण शुभचिन्तकहरूमा हार्दिक आभार व्यक्त गर्नुभयो  । अध्यक्ष ढकालले वैधानिक माध्यमबाट रेमिटेन्स भित्र्याई देशको औपचारिक अर्थतन्त्र निर्माणमा योगदान गर्न आइएमई प्रतिबद्ध रहेको र आफ्नो व्यवसायहरूलाई थप विविधीकरण गर्दै लगानी बिस्तार गर्ने पनि उल्लेख गर्नुभयो ।

त्यसै गरी आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  खिलेन्द्र पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता तथा साझा मूल्य र मान्यतालाई मुख्य कार्यदिशा बनाई आइएमई सेवा प्रदान गरिरहेको बताउनु भयो । प्रविधिमा भएको विकासलाई आत्मसाथ गर्दै विविधिकृत सेवाहरूको मध्यमबाट आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष रुपमा जोडिँदै अघि बढ्ने  पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गर्नु भयो ।

उक्त समारोहमा वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको  अन्तर कम्पनी खेलकुद तथा विभिन्न प्रतिस्पर्धाका विजेता र उप बिजेताहरुलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो  । सो समारोहमा आइएमई लिमिटेड तथा आइएमई ग्रुपमा आबद्ध कम्पनीहरूका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृतहरू, व्यवस्थापन प्रमुखहरू लगायत कर्मचारीहरूको उत्साहजनक उपस्थिति थियो ।

वि.सं.२०८१ जेठ ३० बुधवार २०:२५ मा प्रकाशित

You can share this post!

रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने

रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने

वि.सं.२०८२ असार १२ बिहीवार १४:२१

काठमाडौं : पाल्पाको रानीमहललाई पुरानै अवस्थामा फर्काइ संरक्षण गरिने भएको...

विवादास्पद टेक एण्ड पे पीपीए फिर्ता : इप्पानको भद्र आन्दोलनले दियो सार्थक परिणाम

विवादास्पद टेक एण्ड पे पीपीए फिर्ता : इप्पानको भद्र आन्दोलनले दियो सार्थक परिणाम

वि.सं.२०८२ असार १२ बिहीवार १४:१०

काठमाडौं : नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा...

समृद्धि फाइनान्सका चार शाखाको दोस्रो वार्षिकोत्सव सम्पन्न

समृद्धि फाइनान्सका चार शाखाको दोस्रो वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ असार १२ बिहीवार १२:५४

समृद्धि फाइनान्स लिमिटेडका गैर, औरही, मधुवन र खरेन्द्रपुर शाखाहरूले आ–आफ्नो...

विष्णुमतिमा गाडीसहित बगेकी महिलाको उद्धार   

विष्णुमतिमा गाडीसहित बगेकी महिलाको उद्धार   

वि.सं.२०८२ असार १२ बिहीवार १२:४०

काठमाडौँ : काठमाडौँको टोखामा गएराति गाडीसहित बगेकी एक महिलाको प्रहरीले...

धनगढीमा हुन्डाईको ‘क्रेटा EV’ सार्वजनिक: विद्युतीय सवारीमा उत्साहजनक प्रतिक्रिया र व्यापक सहभागिता

धनगढीमा हुन्डाईको ‘क्रेटा EV’ सार्वजनिक: विद्युतीय सवारीमा उत्साहजनक प्रतिक्रिया र व्यापक सहभागिता

वि.सं.२०८२ असार १२ बिहीवार ११:१५

धनगढी : नेपालमा हुन्डाई सवारीसाधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले...

छ्याङ्दी हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म ?

छ्याङ्दी हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म ?

वि.सं.२०८२ असार १२ बिहीवार ११:०६

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले जेठ २३ गतेदेखि निष्काशन गरेको...