back
Kumari Bank

एक वर्षमा पाथीभरामा करिब चार करोड भेटी सङ्कलन   

Nepal Bank

फुङ्लिङ (ताप्लेजुङ), ९ साउनः यहाँ रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एक वर्षको अवधिमा करिब रु चार करोड भेटी सङ्कलन भएको छ । स्वदेश तथा विदेशबाट मन्दिर दर्शनका लागि यहाँ आउने भक्तजनले भेटीका रुपमा चढाएको उक्त रकम सङ्कलन गरिएको हो ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार साउन, भदौ, असोज, कात्तिक र मङ्सिरमा मात्रै रु एक करोड छ लाख ४३ हजार एक सय ७२ भेटी सङ्कलन भएको थियो ।

पुसमा रु ३५ लाख २९ हजार, माघमा रु २४ लाख एक हजार पाँच सय र फागुनमा रु ५५ लाख ६० हजार आठ सय ८० भेटी सङ्कलन भएको समितिले जनाएको छ ।

पाथीभरामा मुख्य पूजापाठ चैते दसैँको समयमा हुने भएका उक्त समयमा भक्तजनको घुइँचो लाग्ने गरेको निर्देशक हाङवाङले बताउनुभयो । चैत मात्र रु ७५ लाख सात हजार एक सय ५० भेटी सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।

पाथीभरा क्षेत्र विकास समितले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै वैशाखमा रु ६९ लाख ३२ हजार चार सय, जेठमा रु १५ लाख ६५ हजार नौ सय ६५ र असारमा रु १६ लाख ८८ हजार नौ सय भेटी सङ्कलन भएको उल्लेख गरिएको छ ।

गत आवमा दुई लाख ३१ हजार तीन सय ३४ जना भक्तजनले ताप्लेजुङको पाथीभरा धाममा पुगेर पूजापाठ गरेका क्षेत्र विकास समितिले जनाएको छ ।

वि.सं.२०८१ साउन ९ बुधवार १२:२५ मा प्रकाशित

You can share this post!

डोङफेङ नामीद्वारा नेपालभरका लागि “फाइभ स्टार अफर”को घोषणा

डोङफेङ नामीद्वारा नेपालभरका लागि “फाइभ स्टार अफर”को घोषणा

वि.सं.२०८२ असार १२ बिहीवार १५:२२

काठमाडौं : नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धि‍ले...

यी हुन् आज सर्वाधिक कमाउने कम्पनीहरु, कुनले कति कमाए ?

यी हुन् आज सर्वाधिक कमाउने कम्पनीहरु, कुनले कति कमाए ?

वि.सं.२०८२ असार १२ बिहीवार १५:१५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

बुटवल पावर कम्पनीसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

बुटवल पावर कम्पनीसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ असार १२ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने

रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने

वि.सं.२०८२ असार १२ बिहीवार १४:२१

काठमाडौं : पाल्पाको रानीमहललाई पुरानै अवस्थामा फर्काइ संरक्षण गरिने भएको...

विवादास्पद टेक एण्ड पे पीपीए फिर्ता : इप्पानको भद्र आन्दोलनले दियो सार्थक परिणाम

विवादास्पद टेक एण्ड पे पीपीए फिर्ता : इप्पानको भद्र आन्दोलनले दियो सार्थक परिणाम

वि.सं.२०८२ असार १२ बिहीवार १४:१०

काठमाडौं : नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा...

समृद्धि फाइनान्सका चार शाखाको दोस्रो वार्षिकोत्सव सम्पन्न

समृद्धि फाइनान्सका चार शाखाको दोस्रो वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ असार १२ बिहीवार १२:५४

समृद्धि फाइनान्स लिमिटेडका गैर, औरही, मधुवन र खरेन्द्रपुर शाखाहरूले आ–आफ्नो...