back
Kumari Bank

मलाई नेतृत्वबाट यताउता गर्न पाउनुहुन्न भन्ने कार्यकर्ता पङ्क्तिको प्रेसर छ : अध्यक्ष प्रचण्ड   

Nepal Bank

राँझा (बाँके), १६ भदौः नेपाल कम्युनिष्ट पार्टीका (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज नभएको बताउनुभएको छ । प्रेस सेन्टर बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टीमा सिस्टम बनाएर उत्तराधिकारी नेता बनाउने तयारी भएको उल्लेख गर्नुभयो ।

“म सधैँभरि नेतृत्वमा भइरहनुपर्छ भन्ने छैन, मेरा लागि अध्यक्ष पद नभई नहुने छैन”, अध्यक्ष प्रचण्डले भन्नुभयो, “पार्टीको अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज होइन, सिस्टम र विधि बनाएर उत्तराधिकारी तयार गर्दैछु ।”

आफूलाई अध्यक्ष भइरहने रहर नभएको उहाँले दाबी गर्नुभयो । तर आफूले छाड्दा नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण भइहाल्छ भन्ने नलागेको उहाँको भनाइ छ । “अब मलाई पार्टीमा अध्यक्ष भइरहने रहर छैन । मेरो लागि अध्यक्षभन्दा प्रचण्ड भन्ने नै ठूलो छ”, उहाँले भन्नुभयो, “तर अहिले नै नेतृत्वबाट यताउता गर्न पाउनुहुन्न भन्ने कायकर्ता पङ्क्तिको ठूलो प्रेसर छ ।”

पार्टीलाई सुदृढ बनाउन देशव्यापी अभियान सञ्चालन गरेको जनाउँदै उहाँले प्रदेशस्तरीय भेलामा भएको परामर्शको आधारमा पार्टीलाई एकरुपता र एकढिक्का बनाएर अगाडि बढाउने उहाँले उल्लेख गर्नुभयो । “हाम्रो पार्टी एकढिक्का छ, पार्टी फुट्छ भन्ने कुरा निराधार हो”, उहाँले भन्नुभयो, “त्यत्तिकै कोही नेता बन्दैन, लामो कालखण्ड गुजारेर नेतृत्व स्थापित हुने हो, अब केही तयारी गरेर नेतृत्व हस्तान्तरण गर्ने हो ।”

अध्यक्ष प्रचण्डले समाजवादी मोर्चालाई व्यवस्थित गर्दै विचार मिल्ने दलहरूबीच पार्टी एकता गर्दै जाने योजना रहेको बताउनुभयो । उहाँले आफूले राम्रो गर्दागर्दै पनि दुई ठूला दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसले बलमिच्याइँ गरेर प्रधानमन्त्रीबाट हटाएको आरोप लगाउनुभयो ।

प्रेस सेन्टर बाँकेका कार्यवाहक अध्यक्ष सङ्गीन शर्माको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव पम्फा भुसाल, सचिव चक्रपाणि खनाललगायत नेताहरूको सहभागिता थियो ।

वि.सं.२०८१ भदौ १६ आइतवार ११:३४ मा प्रकाशित

You can share this post!

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द,  यस्तो छ कारण   

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द, यस्तो छ कारण   

वि.सं.२०८२ असार १३ शुक्रवार ०६:२३

मुस्ताङ : बर्खामा मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको सङ्ख्या घट्दै...

विद्यार्थीविहीन सामुदायिक विद्यालय: गाउँका शिक्षक रित्ता कक्षाकोठा रुँगेर बस्न बाध्य

विद्यार्थीविहीन सामुदायिक विद्यालय: गाउँका शिक्षक रित्ता कक्षाकोठा रुँगेर बस्न बाध्य

वि.सं.२०८२ असार १३ शुक्रवार ०६:१६

सन्तोष गौतम म्याग्दी : विद्यार्थी नभएपछि बेनी नगरपालिका–५ माथिल्लो गाजनेको...

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर   

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८२ असार १३ शुक्रवार ०६:०८

काठमाडौँ  : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

आज १३ आषाढ २०८२ शुक्रवार, कस्तो रहला आजको राशिफल ?

आज १३ आषाढ २०८२ शुक्रवार, कस्तो रहला आजको राशिफल ?

वि.सं.२०८२ असार १३ शुक्रवार ०६:०२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कोरियाली बहुराष्ट्रिय कम्पनीले प्रतिस्पर्धाबाट सद्भावना दूत छनोट गर्ने   

कोरियाली बहुराष्ट्रिय कम्पनीले प्रतिस्पर्धाबाट सद्भावना दूत छनोट गर्ने   

वि.सं.२०८२ असार १२ बिहीवार १८:२४

काठमाडौँ : दक्षिण कोरियाको बहुराष्ट्रिय कम्पनी एसवाई ग्रुपको नेपाल च्याप्टरले...

लगनखेलमा यामाहा ब्लू फेस्ट २०८२ सुरु, बाइक एक्सचेन्जमा आकर्षक अफरहरू उपलब्ध

लगनखेलमा यामाहा ब्लू फेस्ट २०८२ सुरु, बाइक एक्सचेन्जमा आकर्षक अफरहरू उपलब्ध

वि.सं.२०८२ असार १२ बिहीवार १८:१४

काठमाडौँ : नेपालमा आयोजना हुने सबैभन्दा ठूलो दुईपांग्रे एक्सचेन्ज महोत्सव...