back
Kumari Bank

घरबाटै वर्गीकरण गरी फोहर उठाउँदै व्यास नगरपालिका   

Nepal Bank

दमौली (तनहुँ) : व्यास नगरपालिकाले घरबाटै फोहर वर्गीकरण गरी सङ्कलन गर्न थालेको छ । फोहरमैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको यस नगरपालिकामा स्थापनाको ३२ वर्षसम्म स्थायी फोहरमैला व्यवस्थापन केन्द्रसमेत छैन । पछिल्लो समय नगरपालिकाले घरबाटै वर्गीकरण गरी फोहर सङ्कलन गर्न थालेको जनाएको छ ।

कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै वर्गीकरण गरी सङ्कलन गर्ने काम भइरहेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । “एकैठाउँमा सबै फोहर सङ्कलन गर्दा समस्या हुने भएकाले घरबाटै वर्गीकरण गरेर सङ्कलन भइरहेको छ,” उहाँले भन्नुभयो, “यसले गर्दा केही हदसम्म फोहर व्यवस्थापनमा सहयोग पुग्नेछ ।”

फोहरमैला व्यवस्थापनका लागि सामना गर्नुपरेका समस्या समाधानमा सहयोगका लागि नगरपालिकाले छ महिनाअघि सरसफाइविज्ञका रूपमा कृष्ण भण्डारीलाई नियुक्त गरेको छ । भण्डारीकै सल्लाह बमोजिम कुहिने र नकुहिने फोहर वर्गीकरण गरी व्यवस्थापनको काम अगाडि बढेको हो । नगरप्रमुख न्यौपानेले भन्नुभयो, “उहाँले धनगढी, वालिङलगायतका क्षेत्रमा सफलतापूर्वक फोहर व्यवस्थापनलगायतका काम उदाहरणीय रूपमा सम्पन्न गरिसक्नुभएको छ । उहाँको सोअनुभवका आधारमा यहाँ पनि व्यवस्थापनको काम अगाडि बढेको छ । नकुहिने फोहरभित्र पनि विभिन्न सिसा, प्लाष्टिक, कागज जस्ता चिजहरू छुट्टाएर त्यसलाई मेसिनले कम्प्रेस गरेर केही आम्दानीसमेत गरिरहेका छौँ ।”

सरसफाइविज्ञ भण्डारीले नगरभित्रका प्रत्येक टोल, वडा, विद्यालयमा पुगेर फोहर वर्गीकरणका उपाय सिकाउने काम गरिरहनुभएको छ । नगरपालिकाले कार्यालय परिसरभित्र नकुहिने फोहरमध्येबाट कागज, सिसा, प्लाष्टिकजन्य फोहर छुट्याएर आम्दानी गर्न थालेको नगरप्रमुख न्यौपानेको भनाइ छ । फोहरमैला व्यवस्थापनको दीर्घकालीन समाधानका लागि वडा नं १३ मा जग्गा खरिदको प्रक्रियासमेत अगाडि बढिसकेको नगरपालिकाले जनाएको छ ।
बत्तीस वर्षसम्म पनि फोहरमैला व्यवस्थापनको स्थायी समाधान गर्न नसकिएकाले अब दीर्घकालीन योजनासहित समस्या समाधानको पहल भइरहेको नगरप्रमुख न्यौपानेले बताउनुभयो । “विगतको मेरो कार्यकालमा पनि प्रयत्न गर्दा गर्दै समस्या आयो । अहिले जग्गा खरिद प्रक्रिया अगाडि बढिसकेको छ । त्यसपछि थप समस्या समाधानका लागि सहज हुनेछ”, उहाँले भन्नुभयो ।

नगरपालिकाले कुहिने फोहरलाई भने दुम्सीस्थित गौसंरक्षण केन्द्रमा व्यवस्थापन गरी त्यहाँबाट बायोग्यास उत्पादन गर्ने कामसमेत गरिरहेको छ । बजार क्षेत्रका वडा नं २, ३ र ४ बाट दैनिक रूपमा फोहर सङ्कलन हुँदै आएको छ । बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको जनाइएको छ ।

वि.सं.२०८१ भदौ २० बिहीवार ०६:४२ मा प्रकाशित

You can share this post!

धनगढीमा हुन्डाईको ‘क्रेटा EV’ सार्वजनिक: विद्युतीय सवारीमा उत्साहजनक प्रतिक्रिया र व्यापक सहभागिता

धनगढीमा हुन्डाईको ‘क्रेटा EV’ सार्वजनिक: विद्युतीय सवारीमा उत्साहजनक प्रतिक्रिया र व्यापक सहभागिता

वि.सं.२०८२ असार १२ बिहीवार ११:१५

धनगढी : नेपालमा हुन्डाई सवारीसाधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले...

छ्याङ्दी हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म ?

छ्याङ्दी हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म ?

वि.सं.२०८२ असार १२ बिहीवार ११:०६

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले जेठ २३ गतेदेखि निष्काशन गरेको...

प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमणमा जाँदै   

प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमणमा जाँदै   

वि.सं.२०८२ असार १२ बिहीवार १०:५६

काठमाडौँ  : प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक...

सुनको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८२ असार १२ बिहीवार १०:४४

काठमाडौं। साताको पाँचौ कारोबार दिन सुनको भाउ सामान्य वृद्धि भएको...

दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घन्टौँ लाइनमा बस्नुपर्ने   

दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घन्टौँ लाइनमा बस्नुपर्ने   

वि.सं.२०८२ असार १२ बिहीवार १०:३९

तनहुँ  : तनहुँको सदरमुकामस्थित दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था...

ललितपुर महानगरपालिकाले ल्यायो ‘डिजिटल करियर सर्भिस प्लेटफर्म’   

ललितपुर महानगरपालिकाले ल्यायो ‘डिजिटल करियर सर्भिस प्लेटफर्म’   

वि.सं.२०८२ असार १२ बिहीवार ०६:३६

पाटन (ललितपुर) :  ललितपुर महानगरपालिकाले आन्तरिक रोजगारी र शैक्षिक अवसरको...