back
Kumari Bank

४८.५ मेगावाटको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा   

Nepal Bank

म्याग्दी : राहुगङ्गा नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणका अन्तिम चरणमा पुगेको छ ।

रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा बाँध र वडा नम्बर ४ दग्नामको फेदीमा विद्युत्गृह रहेको आयोजनाको चार हजार नौ सय मिटर लामो सुरुङ ‘लाइनिङ’ भइरहेको छ ।

तुँदी पावर कम्पनी प्रवद्र्धक रहेको अपर राहुघाटका इन्जिनियर नरोत्तम कार्कीले विद्युत्गृह, बाँध, सुरुङ र प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।

सन् २०२५ को जुन महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको र आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत पुगेको उहाँले जानकारी दिनुभयो ।

तुँदी पावरले राहुघाटमै अर्को ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ । रघुगङ्गा गाउँपालिका–८ को बन्दीमा बाँध, वडा नम्बर–७ को चिमखोलामा विद्युत्गृह र पाँच हजार तीन सय २८ मिटर लामो सुरुङ निर्माण पूरा भएको छ ।

मङ्गले राहुघाटको विद्युत्गृहबाट निस्कने र चिमखोलाको बगरखोलाको पानी मिनाउन मिल्ने गरी अपर राहुघाटको बाँध निर्माण गरिएको तुँदी पावरका इञ्जिनियर प्रकाश तिमिल्सिनाले बताउनुभयो । दुईवटै आयोजना निर्माणमा रु १३ अर्बभन्दा बढी लगानी हुने अनुमान गरिएको छ ।

अपर राहुघाट र मङ्गले राहुघाटबाट उत्पादित बिजुली केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगङ्गा–३ अम्बाङस्थित सवस्टेसनदेखि चिमखोलासम्म दुई सय केभी क्षमताको १४ किलोमिटर लामो प्रसारण लाइन निर्माण भइरहेको छ ।

यसैगरी, राहुघाट नदीको सहायक ठूलोखोलामा संयुक्त ऊर्जा प्रालिले २१.३ मेगावाट क्षमताको ठूलोखोला र ठूलोखोला हाइड्रोपावर लिमिटेडले २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण गरिरहेका छन् । राहुघाट नदीमै नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

वि.सं.२०८१ कात्तिक १५ बिहीवार ०६:४१ मा प्रकाशित

You can share this post!

देशका अधिकांश भागमा वर्षा हुने   

देशका अधिकांश भागमा वर्षा हुने   

वि.सं.२०८२ असार १८ बुधवार ०६:५१

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु   

ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु   

वि.सं.२०८२ असार १८ बुधवार ०६:२५

म्याग्दी : म्याग्दीको मालिका गाउँपालिकामा रहेको ओखरबोटको तामाखानी उत्खननका लागि...

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर   

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८२ असार १८ बुधवार ०६:१६

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

आज १८ आषाढ २०८२ बुधवार, कस्तो रहला आजको राशिफल ?

आज १८ आषाढ २०८२ बुधवार, कस्तो रहला आजको राशिफल ?

वि.सं.२०८२ असार १८ बुधवार ०६:०८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

प्रधानमन्त्री ओली उच्चस्तरीय बैठकहरुमा व्यस्तः विकास साझेदारहरुलाई औपचारिक च्यानलबाट आउन आग्रह   

प्रधानमन्त्री ओली उच्चस्तरीय बैठकहरुमा व्यस्तः विकास साझेदारहरुलाई औपचारिक च्यानलबाट आउन आग्रह   

वि.सं.२०८२ असार १७ मंगलवार १८:०३

प्रकाश सिलवाल सेभिया (स्पेन)  : संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’सम्बन्धी...

मनसुनका एक महिनाः ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते   

मनसुनका एक महिनाः ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते   

वि.सं.२०८२ असार १७ मंगलवार १७:५१

काठमाडौँ :  गत जेठ १५ देखि यही असार १६ गतेसम्म...