back
Kumari Bank

ग्राहकहरूलाई एनआईसी एशिया बैंकले गर्यो यस्तो अनुरोध

Nepal Bank

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ । बैंकले एक सूचना जारी गर्दै आयकर ऐन २०५८ बमोजिम नेपाल सरकार, अर्थमन्त्रालय आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले सम्पूर्ण ग्राहकहरुलाई प्यान नम्बर अद्यावधिक गर्न आह्वान गरेको हो ।

ग्राहकहरुले बैंकको आधिकारीक वेवसाइट तथा वा मोबाइल बैंकिङ एपमा रहेको प्यान अपडेटमा ट्याब गरी आफ्नो स्थायी लेखा नम्बर अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ । साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको बैंकले बताएको छ ।

बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई ई-टिडिएस रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको छ । उक्त प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ । जसले गर्दा ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले विश्वास लिएको छ । ग्राहकले प्यान अद्यावधिक नगराएको कारणले इ-डिडिएसमा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा बैंक जिम्मेवार नहुने व्यहोरा समेत बैंकले जानकारी गराएको छ ।

साथै, यसअघि बैंकलाई प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिन हुन अनुरोध गरेको छ ।

वि.सं.२०८१ मंसिर २० बिहीवार १६:४० मा प्रकाशित

You can share this post!

भन्सार विधेयक राष्ट्रियसभाबाट पारित   

भन्सार विधेयक राष्ट्रियसभाबाट पारित   

वि.सं.२०८२ असार १८ बुधवार १८:१२

काठमाडौँ : भन्सार विधेयक, २०८० राष्ट्रियसभाबाट पारित भएको छ ।...

TM1 का १०० युनिटभन्दा बढी सडकमा गुड्दै: व्यावसायिक ईभीको क्षेत्रमा नयाँ उपलब्धि

TM1 का १०० युनिटभन्दा बढी सडकमा गुड्दै: व्यावसायिक ईभीको क्षेत्रमा नयाँ उपलब्धि

वि.सं.२०८२ असार १८ बुधवार १८:०२

काठमाडौँ : नेपालको व्यावसायिक इलेक्ट्रिक सवारी बजारमा “कमाइको राजा” भनेर...

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा नेपालमा मनायो अर्थपूर्ण उत्सव

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा नेपालमा मनायो अर्थपूर्ण उत्सव

वि.सं.२०८२ असार १८ बुधवार १७:५४

काठमाडौँ : मोटरसाइकल तथा स्कुटर निर्माण क्षेत्रमा विश्वव्यापी रुपमा प्रतिष्ठित...

विकास हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?

विकास हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?

वि.सं.२०८२ असार १८ बुधवार १७:४६

काठमाडौं । विकास हाइड्रोपावर लिमिटेडको आइपीओमा पहिलो दिनमै मागभन्दा बढी...

एनसेलको ‘सधैँ अन करोडपति’ योजनामा छानिए २० विजेता ग्राहकहरु

एनसेलको ‘सधैँ अन करोडपति’ योजनामा छानिए २० विजेता ग्राहकहरु

वि.सं.२०८२ असार १८ बुधवार १६:५७

काठमाडौं । एनसेलले आफ्नो ‘सधैँ अन करोडपति’ योजना अन्तर्गत दोस्रो हप्तासम्ममा...

‘ग्रे लिस्ट’बाट बाहिर निस्कन सुनचाँदीमा विलासिता कर   

‘ग्रे लिस्ट’बाट बाहिर निस्कन सुनचाँदीमा विलासिता कर   

वि.सं.२०८२ असार १८ बुधवार १५:५९

काठमाडौँ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल अहिले सम्पत्ति...